• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव

      किसान–उपभोक्ताबीचका पाँच तहका बिचौलिया घटाएर दुई–तीन तहमा सीमित गर्ने सरकारको लक्ष्य

      ‘दलाल पुँजीवादलाई ठेगान लगाउन सक्छौँ’ : दीर्घराज पाण्डे

      त्रिपुरेश्वरमा बसमा आगलागी : छानविन समिति बन्यो

      आपूर्ति प्रणाली सुधार्न व्यवस्थित ट्रक टर्मिनल र लजिस्टिक हब आवश्यक : महासचिव श्रेष्ठ

      उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच भेट : पुनःनिर्माणमा सहयोग गर्न चीन तयार

      भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

      त्रिविका प्राध्यापक–कर्मचारी १५९ दिनदेखि धर्नामा, पेन्सन विभेद अन्त्य गर्न माग

      संसद्‌को क्यान्टिनमा कालो चिया १००, मःम ३०० : खगेन्द्र सुनारले सोधे– ‘चिया खान कहाँ जाने ?’

      भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान

      रविकिरण हमालको प्रश्नः आफ्‌नो पिडा सुनाउन नागरिक किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् ?

      एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह

      नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

      बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक : मन्त्री लम्साल

    होमपेज /  समाचार

    आपूर्ति प्रणाली सुधार्न व्यवस्थित ट्रक टर्मिनल र लजिस्टिक हब आवश्यक : महासचिव श्रेष्ठ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ५, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४ पटक पढिएको
  • काठमाडौं । ढुवानी व्यवसायी महासङ्घ नेपालका महासचिव पुष्पराज श्रेष्ठले राष्ट्रिय आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन व्यवस्थित ढुवानी तथा लजिस्टिक प्रणाली आवश्यक रहेको बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य संघको ‘विद्यमान आपूर्ति प्रणालीका समस्या तथा समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले उत्पादन गर्ने उद्योगदेखि उपभोक्ताको घरसम्म वस्तु सहज रूपमा पुग्न नसके उत्पादन, व्यापार र बजार तीनै क्षेत्र प्रभावित हुने बताए ।

    उनले भने, ‘आपूर्ति प्रणालीको मेरुदण्ड भनेको व्यवस्थित ढुवानी तथा लजिस्टिक प्रणाली हो। उत्पादन गर्ने उद्योगदेखि उपभोक्ताको घरसम्म वस्तु सहज रूपमा पुग्न सकेन भने उत्पादन, व्यापार र बजार तिनै वटै प्रभावित हुन्छन्। त्यसैले ढुवानीलाई केवल सामान बोक्ने व्यवसायका रूपमा मात्र होइन, राष्ट्रिय आपूर्ति शृङ्खलाको महत्वपूर्ण प्रवाह र आर्थिक गतिविधिको अभिन्न अङ्गको रूपमा हेर्न आवश्यक छ ।’

    श्रेष्ठले सडक निर्माण र विस्तारसँगै सडकको क्षमता, भारवहन क्षमता, वैकल्पिक मार्ग, मर्मत सम्भार र यातायात व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए । एउटा प्रमुख सडक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर उद्योग, व्यापार र उपभोक्तासम्म पुग्ने उनको भनाइ छ ।

    उनले भने, ‘आज ढुवानी क्षेत्रमा विभिन्न प्रकारका समस्याहरू छन्। सडक निर्माण र विस्तारसँगै सडकको क्षमता, भारवहन क्षमता, वैकल्पिक मार्ग, मर्मत सम्भार र यातायात व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ। एउटा प्रमुख सडक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर उद्योग, व्यापार र उपभोक्तासम्म पुग्छ । हो, यो केही समय अगाडिको कृष्णभीरमा गएको यो ल्यान्डस्लाइडबाट पनि पुष्टि भएको छ ।’

    काठमाडौंलगायत प्रमुख व्यापारिक सहरमा मालवाहक सवारीका लागि व्यवस्थित पार्किङ तथा लोड–अनलोड केन्द्रको अभाव रहेको उनले बताए। यसका कारण ट्रक सडकमा पार्किङ गर्नुपर्ने अवस्था रहेको र त्यसले ट्राफिक व्यवस्थापनमा समेत समस्या ल्याएको श्रेष्ठको भनाइ छ ।

    उनले प्रत्येक प्रमुख व्यापारिक तथा औद्योगिक क्षेत्रमा ट्रक पार्किङ, लोडिङ–अनलोडिङ तथा लजिस्टिक हब निर्माणका लागि स्पष्ट नीति आवश्यक रहेको बताए।

    ‘प्रत्येक प्रमुख व्यापारिक तथा औद्योगिक क्षेत्रमा ट्रक पार्किङ, लोडिङ–अनलोडिङ तथा लजिस्टिक हब निर्माण गर्ने स्पष्ट नीति आवश्यक छ । यस विषयलाई लिएर हामीले पूर्वाधार विकास समितिका सभापति माननीय आशिष गजुरेलसँग पनि हामीले धेरैचोटि, उहाँसँग धेरै पटक, पटक–पटक निरन्तर रूपबाट चाहिँ हामी बैठक बस्दै एउटा छलफल गर्दै अगाडि बढिरहेका छौँ। र एक हप्ता अगाडि मात्रै पनि उहाँहरूसँग हामीले चाहिँ यही विषयमा अन्तर्क्रिया छलफलमै पनि मैले यो स्पष्ट मेरो आफ्नो महासङ्घको कुराहरू राखेको छु, मागपत्रहरू पनि राखेको छु,’ श्रेष्ठले भने ।

    श्रेष्ठले इन्धन, चालक तथा सहचालकको पारिश्रमिक, मर्मत सम्भार, टायर, बिमा, कर, बैंक ब्याजलगायत सञ्चालन खर्च बढ्दै गए पनि ढुवानी भाडा निर्धारण गर्ने वैज्ञानिक प्रणाली व्यवस्थित हुन नसकेको बताए।

    उनले ढुवानी भाडा बढ्नुको मुख्य कारण ट्रकको भाडा वृद्धि रहेको दाबी गरे।

    ‘ढुवानी लागतमा इन्धन, चालक तथा सहचालकको पारिश्रमिक, मर्मत सम्भार, टायर, बिमा, कर, बैङ्क ब्याज तथा अन्य सञ्चालन खर्च निरन्तर बढिरहेका छन्। तर ढुवानी भाडा निर्धारण गर्दा यी सबै लागत वैज्ञानिक रूपमा समेट्ने प्रणाली अझै व्यवस्थित हुन सकेको छैन। अब यहाँहरूले भाडा बढ्यो, ढुवानीको भाडा बढ्यो भनेर चाहिँ हामीलाई गाली गर्नुहुन्छ। वास्तवमा ढुवानीको भाडा बढ्नुमा सबभन्दा पहिलो कारक तत्व हुन्छ ट्रकको भाडा वृद्धि हुनु। ट्रकको भाडा वृद्धि हुने बित्तिकै स्वतः ढुवानीको भाडा वृद्धि हुन्छ,’ उनले भने ।

    कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको र ती मार्गसमेत जीर्ण तथा जोखिमपूर्ण रहेकाले चालक तथा सहचालकले बढी भाडा लिएको हुन सक्ने श्रेष्ठले बताए। ढुवानी व्यवसायीले मनपरी भाडा नलिएको उनको दाबी छ ।

    उनले भने, ‘जस्तै अब कृष्णभीरमा पहिरो गयो, अब गाडी घुमाएर जानुपर्ने अवस्थाहरू थियो। अब जुन वैकल्पिक बाटोहरू प्रयोग गरिएका थिए, ती वैकल्पिक बाटोहरू पनि जीर्ण र धेरै खतरनाक अवस्थाहरू थियो। ज्यानै जोखिम राखेर जानुपर्ने अवस्थाले गर्दाखेरि पनि ड्राइभरहरू भनौँ अथवा स्वचालकहरू बढी हुनुहुन्छ, स्वचालकहरूले चाहिँ अलिकति मनपरी भाडाहरू लिएका हुन्, ढुवानी व्यवसायीहरूले लिएको होइन भन्ने पुष्टि गर्न चाहन्छु म।’

    श्रेष्ठले वैज्ञानिक लागतमा आधारित फ्रेट रेट निर्धारण प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

    उनले राष्ट्रिय लजिस्टिक मास्टर प्लानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। काठमाडौं उपत्यका तथा प्रमुख औद्योगिक तथा व्यापारिक सहरमा व्यवस्थित ट्रक टर्मिनल र लजिस्टिक हब निर्माण गर्नुपर्ने उनको माग छ ।

    उनले भने, ‘राष्ट्रिय लजिस्टिक मास्टर प्लानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । काठमाडौं उपत्यका तथा प्रमुख औद्योगिक व्यापारिक सहरहरूमा व्यवस्थित ट्रक टर्मिनल तथा लजिस्टिक हब निर्माण गर्नुपर्छ । ढुवानी क्षेत्रमा डिजिटल प्रणाली लागू गर्नुपर्छ । लोड उपलब्धता, ट्रक उपलब्धता, रुट, ढुवानी कागजात, बिलिङ तथा ट्र्याकिङलाई क्रमशः डिजिटल बनाउँदै लैजान सकिन्छ ।’

    नीति निर्माणकै चरणदेखि निजी क्षेत्र र ढुवानी क्षेत्रका प्रतिनिधिलाई सहभागी गराउनुपर्नेमा पनि उनले जोड दिए ।

    नजिकिँदै गरेका दसैँ–तिहारजस्ता ठूला चाडपर्वका समयमा वस्तुको माग बढ्ने भएकाले आपूर्ति प्रणालीमा थप दबाब पर्ने श्रेष्ठले बताए ।

    उनले भने, ‘अब चाडपर्वको सन्दर्भमा नजिकिँदै गरेको यो हाम्रो अब दसैँ–तिहार पनि एकदमै नजिकै नै छ। अहिले दसैँ–तिहार लगायतका ठूला चाडपर्व नजिकिँदै गर्दा यस्तो समस्या, वस्तुको माग बढ्ने भएकाले आपूर्ति प्रणालीमा थप दबाब पर्दछ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा बसमा आगलागी : छानविन समिति बन्यो

    उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच भेट : पुनःनिर्माणमा सहयोग गर्न चीन तयार

    भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

    त्रिविका प्राध्यापक–कर्मचारी १५९ दिनदेखि धर्नामा, पेन्सन विभेद अन्त्य गर्न माग

    भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान

    रविकिरण हमालको प्रश्नः आफ्‌नो पिडा सुनाउन नागरिक किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव

    किसान–उपभोक्ताबीचका पाँच तहका बिचौलिया घटाएर दुई–तीन तहमा सीमित…

    ‘दलाल पुँजीवादलाई ठेगान लगाउन सक्छौँ’ : दीर्घराज पाण्डे

    त्रिपुरेश्वरमा बसमा आगलागी : छानविन समिति बन्यो

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब…

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आर्थिक

    नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑