सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक पहिले ‘नालायक’हरूबाट शासित रहेकोमा अहिले ‘लफङ्गा’हरूको हातमा पुगेको टिप्पणी गरेका छन्।
काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै भूसालले पछिल्ला राजनीतिक घटनाक्रमले आफूले यसअघि गरेको आशंका सही साबित हुँदै गएको दाबी गरे।
उनले फागुन २१ गतेको राजनीतिक घटनाक्रमपछि मुलुक ‘लफङ्गा’हरूको हातमा जाने खतरा रहेको आफूले त्यतिबेलै बताएको स्मरण गरे।
“मैले फागुन २१ को दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष निकालेको थिएँ– मुलुक नालायकहरूबाट त शासित छँदै थियो, अब लफङ्गाहरूबाट शासित हुने भयो।”
पछिल्लो साढे चार महिनामा देखिएका घटनाक्रमले समाजमा थप गम्भीर क्षति र राजनीतिक दुर्घटनाको जोखिम बढाएको उनको भनाइ थियो।
भूसालले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट दलहरूले व्यहोरेको पराजयप्रति समेत गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए। कम्युनिस्टहरूको पराजय आफूहरूका लागि अनपेक्षित रहेको भन्दै उनले हारको कारणसमेत अझै स्पष्ट हुन नसकेको बताए।
“हामी यसरी हारेका छौँ कि कसरी हार्यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ।”
उनले निर्वाचन परिणाम सामान्य राजनीतिक विश्लेषणबाट मात्रै व्याख्या गर्न कठिन रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनले आफ्नो कमजोरी पहिचान गरेर गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।
भूसालले पछिल्लो निर्वाचनमा कम्युनिस्ट दलहरूको पराजयले वामपन्थी आन्दोलनको आगामी दिशा, नेतृत्व र रणनीतिबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था सिर्जना गरेको बताए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा