• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सूचना प्रविधिले पुँजीवादलाई थप बलियो बनाएको छ : शंकर पोखरेल

      बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा

      जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा

      मानार्थ महारथीको दर्जा लिन भारतीय प्रधानसेनापति सेठ नेपालमा

      नालायकहरु पछि मुलुक लफङ्गाहरुको हातमा पुगेको छ : भूसाल

      भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आइपुगे

      ग्यास बिक्रेता महासंघले भन्यो: सरकार प्रचारबाजी लाग्यो, गम्भीर भएन

      ओलीको चेतावनी- अध्यक्षबाट हटाउन हस्ताक्षर अभियान चलाए सह्य हुँदैन

      ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

      राजनीतिमा युवाको सहभागिता नारामा होइन, व्यवहारमा देखिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

      पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

      नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता

      राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

      चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा

      न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ : देउवा

    होमपेज /  राजनीती

    सूचना प्रविधिले पुँजीवादलाई थप बलियो बनाएको छ : शंकर पोखरेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ३१, आईतबार (४३ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६ पटक पढिएको
  • काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको विकासले पुँजीवादलाई थप बलियो बनाउँदै विश्वव्यापी श्रम शोषण बढाएको बताएका छन् ।

    आइतबार समाजवाद अध्ययन केन्द्र नेपालले आयोजना गरेको ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ राष्ट्रिय बहस कार्यक्रममा बोल्दै पोखरेलले सूचना क्रान्तिले नयाँ अर्थतन्त्र निर्माण गरे पनि त्यसले समाजमा असमानता बढाउने काम गरिरहेको बताए ।

    उनले सूचना प्रविधिको विकासले पुँजीवादलाई नयाँ ढङ्गले बलियो बनाएको उल्लेख गर्दै विश्वका धनाढ्य व्यक्तिहरूको ठूलो हिस्सा सूचना प्रविधि र व्यापारसँग सम्बन्धित रहेको बताए ।

    ‘अहिलेको सूचना क्रान्तिले ल्याएको नयाँ अर्थतन्त्रले पुँजीवादलाई जवान बनाएको छ। सूचना प्रविधिको विकासले लेनिनले भनेको मरणासन्न पुँजीवाद जवान भएर विश्वव्यापी श्रम शोषण गर्ने अवस्थामा पुगेको छ,’ उनले भने ।

    उनले विश्वका धनाढ्य व्यक्तिहरूमध्ये ठूलो हिस्सा सूचना प्रविधि र व्यापारसँग सम्बन्धित रहेको भन्दै यसले समाजमा असमानता बढाइरहेको बताए ।

    ‘आज विश्वका धनाढ्यहरूमध्ये ५० प्रतिशत हिस्सा सूचना प्रविधि र व्यापारसँग सम्बन्धित छ। समाजमा असमानता ल्याउने काम सूचना प्रविधिले गरिरहेको छ,’ उनले भने ।

    पोखरेलले तत्कालीन एमाले महासचिव मदन भण्डारीले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि जनताको बहुदलीय जनवादको विकास गरी नयाँ राजनीतिक बाटो अघि बढाएको बताए ।

    उनले जनताको बहुदलीय जनवादकै आधारमा तीन दशकसम्म नेपालको कम्युनिष्ट आन्दोलनलाई शीर्ष भूमिकामा राख्न सफल भएको दाबी गरे ।

    उनले भने, ‘मदन भण्डारीले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि जनताको बहुदलीय जनवादको विकासद्वारा अगाडि बढ्ने नीति अख्तियार गर्नुभयो। हामी तीन दशक नेपालको कम्युनिष्ट आन्दोलनलाई शीर्ष भूमिकामा राख्न सफल भयौँ।’

    पोखरेलले अहिले उत्पन्न चुनौतीलाई नयाँ ढङ्गले विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले वामपन्थी आन्दोलनले जनताको बहुदलीय जनवादको सार पक्षभन्दा रूप पक्षमा बढी जोड दिएको बताए ।

    उनले भने, ‘जनताको बहुदलीय जनवादकै सन्दर्भमा कुरा गर्दा हामीले रूप पक्षमा ज्यादा जोड दियौँ। त्यसको सार पक्षलाई जुन रूपमा प्रसारण गर्नुपर्दथ्यो, हामी आफैँले पनि सार पक्षलाई जोड दिन सकेनौँ।’

    नेपालको वामपन्थी आन्दोलनमा अधिकार र राजनीतिक विमर्शका विषयमा धेरै छलफल हुने गरे पनि अर्थराजनीतिक विषयमा पर्याप्त बहस हुन नसकेको उनको भनाइ छ ।

    उनले भने, ‘नेपालको वामपन्थी आन्दोलनभित्र अधिकारका कुरा ज्यादा हुन्छन्, राजनीतिक विमर्शको कुरा ज्यादा हुने गर्दछ। तर राजनीतिको आधारको रूपमा रहेको अर्थराजनीतिको सन्दर्भमा हामी सीमित मानिसहरू मात्र छलफल गर्दछौँ। आम सचेतना चाहिँ अर्थराजनीतिक प्रश्नमा नेपालको वामपन्थी आन्दोलनमा अत्यन्तै कमजोर छ ।’

    उनले बदलिँदो विश्व परिवेश र प्रविधिको विकाससँगै वामपन्थी आन्दोलनले आफ्ना नीति, कार्यक्रम र राजनीतिक दृष्टिकोणको पुनर्विश्लेषण गर्नुपर्नेमा जोड दिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सप्तपाताल बुवाका लागि पोखरी मात्र थिएन : किरण स्थापित 

    भाषा, साहित्य र संस्कृतिको संरक्षण साझा दायित्व : सभामुख अर्याल

    एक आना ऐलानी जग्गा पनि कसैलाई दिन्नौँ : चिरिबाबु महर्जन

    कांग्रेसको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा

    परिवर्तनसँग आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै टिक्छ ः मन्त्री श्रेष्ठ

    ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सूचना प्रविधिले पुँजीवादलाई थप बलियो बनाएको छ :…

    बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा

    जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध,…

    मानार्थ महारथीको दर्जा लिन भारतीय प्रधानसेनापति सेठ नेपालमा

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आइपुगे

    न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ :…

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन…

    आर्थिक

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑