• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शेरबहादुर जी नै हाम्रो सभापति हो, उहाकै नेतृत्वमा कांग्रेस अघि बढ्छः शशांक

      चुनावी धक्कापछि पहिलोपटक झापा जाँदै केपी ओली

      ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

      कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

      धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’

      कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

      पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

      कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

      प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

      देउवा पक्षलाई विश्वप्रकाश शर्माले भने- ‘भेलाबाट नयाँ पार्टी बन्दैन, वार्ताका लागि हामी तयार छौँ’

      दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

      पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं, छुट्टाछुट्टै दल बनाउने तयारी

      प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

      सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

      माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

    होमपेज /  समाचार

    ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २९, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४० पटक पढिएको
  • ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।

    शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको आपूर्ति बढिरहेको भन्दै अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेका हुन् ।

    उनले नेपालको संविधानको धारा ४४ ले उपभोक्ताको हक सुनिश्चित गरेको उल्लेख गर्दै गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सरकार, निजी क्षेत्र तथा सामाजिक संघसंस्था आ–आफ्नो क्षेत्रबाट काम गरिरहेको बताए ।

    ‘साविकको तुलनामा ग्यास आपूर्ति बढेको छ। आपूर्तिमा समस्या छैन। केही समय वर्षाका कारण बुलेट उद्योगसम्म पुग्न ढिलो हुन सक्छ, नभए समस्या छैन। आफूलाई हाल चाहिने मात्रामा मात्रै खरिद गरौँ, पछि नपाइएला कि भन्ने चिन्ताबाट मुक्त बनौँ,’ उनले भने ।

    प्रवक्ता सुवेदीका अनुसार नेपाल आयल निगमले ७.१ केजी क्षमताको सिलिन्डरबाट पुनः १४.२ केजीको पूर्ण सिलिन्डरमा ग्यास वितरण गर्ने निर्णय गरेपछि बजारमा एकैपटक माग बढेको हो ।

    उनले विगतमा पनि ७.१ केजीको सिलिन्डर प्रयोगको अभ्यास गरिएको र त्यसपछि १४.२ केजीको सिलिन्डरमा फर्किँदा तत्कालीन समयमा बजारमा ठूलो असहजता नदेखिएको बताए । तर यसपटक पूर्ण सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताको माग एकैपटक बढ्दा बजारमा चाप परेको उनको भनाइ छ ।

    सुवेदीका अनुसार देशभर हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ भने दैनिक फिलिङ क्षमता करिब १ लाख ७५ हजार सिलिन्डर रहेको छ ।

    साउन १ देखि २९ गतेसम्म २ हजार ७८१ बुलेट ग्यास आयात भएको मन्त्रालयको तथ्यांक छ । सामान्य अवस्थामा दैनिक औसत १ लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकोमा पछिल्लो अवधिमा दैनिक औसत करिब १ लाख ३२ हजार सिलिन्डर बजारीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।

    साउन २६ गते मात्रै १३४ बुलेट ग्यास आयात भएको र शुक्रबार पनि १०० भन्दा बढी बुलेट आयात हुने अनुमान गरिएको सुवेदीले जानकारी दिए ।

    ‘बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग आवश्यक समन्वय गरिरहेको छ । पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिइएको छ,’ उनले भने ।

    उनका अनुसार हाल नियमित रूपमा मासिक करिब ४९ हजार ५०० मेट्रिक टन एलपी ग्यास आपूर्ति भइरहेको छ । आगामी तीन महिनाका लागि आपूर्ति बढाएर ६० हजार मेट्रिक टन पु¥याउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग अनुरोध गरिएको छ ।

    माग बढेपछि ग्यास वितरणमा देखिएका समस्या समाधान गर्न मन्त्रालय, नेपाल आयल निगम र ग्यास उद्योग संघका प्रतिनिधि सहभागी रहेको गुनासो समाधान टोलीसमेत गठन गरिएको सुवेदीले बताए ।

    उक्त टोलीले साउन २० गतेदेखि काम सुरु गरेको हो । साउन २८ गतेसम्म ३ हजार ४४४ वटा गुनासो सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ । साउन २६ गते सबैभन्दा बढी ६०३ वटा गुनासो प्राप्त भएकोमा साउन २८ गतेसम्म आइपुग्दा गुनासोको संख्या करिब ४१ प्रतिशतले घटेर ३७० मा झरेको उनले जानकारी दिए ।

    एलपी ग्यास सिलिन्डरको वितरण प्रणालीलाई व्यवस्थित बनाउन सिलिन्डर ट्र्याकिङ प्रणाली विकासको कामसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

    संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको निर्देशनअनुसार नेपाल आयल निगमको इन्जिनियरिङ, परियोजना तथा सूचना प्रविधि विभागले सिलिन्डर ट्र्याकिङका लागि प्राविधिक कामलाई तीव्रता दिएको छ ।

    मन्त्रालयले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

    सुवेदीले मन्त्रालय दण्डात्मक औंजार प्रयोग गर्न नचाहेको भए पनि जानाजान गलत मनसाय राखेर व्यवसाय वा कारोबार गर्नेहरूलाई निरुत्साहित गरिने बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रमका

    शेरबहादुर जी नै हाम्रो सभापति हो, उहाकै नेतृत्वमा कांग्रेस अघि बढ्छः शशांक

    चुनावी धक्कापछि पहिलोपटक झापा जाँदै केपी ओली

    कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

    कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

    पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’…

    शेरबहादुर जी नै हाम्रो सभापति हो, उहाकै नेतृत्वमा…

    चुनावी धक्कापछि पहिलोपटक झापा जाँदै केपी ओली

    ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    देउवाको आक्रोश– ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन्…

    आर्थिक

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑