सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोल्पा । लगातारको वर्षासँगै आएको पहिरोले रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा ठूलो जनधनको क्षति पुर्याएको छ। पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन्।
साउन २७ गते बुधबार राति करिब ८ः४० बजे अविरल वर्षासँगै आएको पहिरोमा १४ जना परेका थिए। पहिरोमा परी शान्ति पुन मगर, कमलबहादुर पुन मगर, जुनकुमारी पुन मगर, अशिम पुन मगर, अशोक पुन मगर, दलबहादुर पुन मगर र मनरखी पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लीलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्।
पहिरोमा परी हिमाल पुन मगर र संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई थवाङ स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पहिरोमा परी मृतक कमलबहादुर पुन मगरको घरसहित ६ वटा घर, गोठ तथा पशुचौपाया समेत पुरिएका छन्। घटनाको खबर राति करिब साढे ९ बजे पाएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
प्रहरीले रातिदेखि नै घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी राखेको थियो। बिहीबार बिहान उज्यालो नहुँदै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट विपद् उद्धार सामग्रीसहित १३ जनाको थप प्रहरी टोली घटनास्थलमा खटाइएको थियो।
खोजी तथा उद्धारका क्रममा पहिरोमा पुरिएका चार जनाको शव घटनास्थलमै फेला परेको थियो। यस्तै, पहिरोले बगाएर लगेकामध्ये केहीको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका–९ स्थित माडी खोलाको किनारमा पाँच जनाको शव भेटिएको थियो। तीमध्ये दुई जनाको शव आंशिक रूपमा मात्र फेला परेकाले पहिचान हुन सकेको छैन।
रोल्पाबाट बगाएर प्यूठानसम्म शव पुगेपछि प्यूठानबाट समेत सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा