सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत केही गर्न नसकेको भन्दै आफूविरुद्ध लाग्नेहरूले पनि केही गर्न नसक्ने दाबी गरेका छन्।
बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रसंग जोड्दै देउवाले आफूलाई चुनौती दिनेहरूलाई संकेत गर्दै भने, ‘यिनीहरूलाई भोलिदेखि हामीले देखाएर छोड्छौँ । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’
देउवाले आफूविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा समेत मुद्दा हालिएको दाबी गरे। अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले आफू र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्नुपर्ने कुनै कारण नरहेको जवाफ दिएको उनको भनाइ छ।
नेपालमा समेत आफूविरुद्ध विभिन्न मुद्दा चलाइएको उल्लेख गर्दै देउवाले अदालतले आफू र पत्नी आरजुलाई पक्राउ नगर्न आदेश दिएको दाबी गरे।
सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायमार्फत पटक–पटक आफूविरुद्ध मुद्दा चलाउन खोजिएको पनि उनले बताए। उनका अनुसार एकपटक अनुसन्धान गर्दा केही नभेटिएको र पुनः अनुसन्धान गर्दा पनि केही नदेखिएको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा