सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत झाङबीच भेटवार्ता भएको हो।
भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ।
सो अवसरमा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्। नेपाल र चीनबीचको सम्बन्धलाई आपसी सम्मान, मित्रता र सहकार्यका आधारमा थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले सोमबार नै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपाल–भारत द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले नेपालमा रहेका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। चैत २५ गते भएको उक्त भेटमा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
यसअघि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता नगर्ने नीति लिएका थिए। तर पछिल्लो समय उनले व्यक्तिगत भेटवार्तालाई समेत अघि बढाएका छन्। गत असार २३ गते उनले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।
भारतीय र चिनियाँ राजदूतसँग सोमबार भएको छुट्टाछुट्टै भेटवार्तापछि प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
पछिल्ला भेटवार्ताले प्रधानमन्त्री शाह नेतृत्वको सरकारले छिमेकी मुलुकसहित अन्तर्राष्ट्रिय साझेदारसँगको कूटनीतिक सम्बन्ध र विकास सहकार्यलाई प्राथमिकतामा राखेको संकेत गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा