सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले आक्रोश व्यक्त गरेका छन्।
ढकालले नेपालमा सिंह नभएको भन्दै ‘सिंहदरबार’ नाम उपयुक्त नभएको टिप्पणी गरेपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसको आलोचना गरेका हुन्।
श्रेष्ठले ढकाललाई नै आफ्नो नाम परिवर्तन गर्न सुझाव दिँदै व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन्! जसको मनमा हरि नै छैन उसको नाम चाहिँ हरि? गोबर नाम राखे हुन्न?’
ढकालले आज आयोजित एक कार्यक्रममा बोल्दै नेपालमा सिंह नभएकाले सिंहदरबार नाम राख्नुको औचित्यमाथि प्रश्न उठाएका थिए। उनले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए।
ढकालको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समेत पक्ष–विपक्षमा प्रतिक्रिया देखिएका छन्। राप्रपा प्रवक्ता श्रेष्ठले भने ढकालको अभिव्यक्तिलाई व्यंग्य गर्दै कडा आपत्ति जनाएका हुन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा