सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश बढ्दै गएको बताएका छन्।
आइतबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै थापाले आफूले नागरिकसँग कुराकानी गर्दा सरकारप्रति तीन प्रकारको धारणा पाएको बताए।
उनका अनुसार केही नागरिक सरकारको आगामी कार्यदिशाबारे अनिश्चित छन् भने केहीले विगतमा पनि राम्रो नभएको, अहिले पनि सुधार नआएको र भविष्यमा समेत सुधार नहुने भन्दै हतास भएको प्रतिक्रिया दिएका छन्। त्यस्तै, केही नागरिकमा सरकारप्रति तीव्र आक्रोश रहेको उनले बताए।
नागरिकमा देखिएको यही आक्रोशका कारण प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को दुई दिनअघिको स्टाटस र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्ति आएको थापाको भनाइ थियो।
नागरिकको आक्रोशबाट कांग्रेस खुसी नभई चिन्तित रहेको बताउँदै थापाले आफूले यसअघि नै नागरिक कांग्रेससँग असन्तुष्ट रहेको विषय उठाउँदै आएको स्मरण गरे।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले गत भदौ ८ गते संसदमा ‘नागरिक हामीसँग रिसाएका छन्’ भनेर बताएको उल्लेख गरे। त्यसपछि पार्टीको केन्द्रीय समिति बैठकमा पनि नागरिकले प्रतिरोध गर्न सक्ने अवस्थाप्रति आफूले सचेत गराएको उनले बताए।
थापाले त्यसबेला पार्टीभित्र जनताको विषयमा पर्याप्त जिम्मेवारी नलिएको भन्दै आलोचना समेत गरे। उनका अनुसार नागरिकमा जम्मा भएको आक्रोशको परिणाम फागुन २१ गतेको ब्यालेटमा देखिएको थियो।
उनले वर्तमान सरकारलाई जिम्मेवार बनाउनु र शासकीय अराजकताविरुद्ध आवाज उठाउनु कांग्रेसको मुख्य जिम्मेवारी भएको बताए।
सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि भएको भनिएको छानबिनको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति पनि थापाले प्रश्न उठाए। उनले मन्त्रीहरूको सम्पत्तिमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्नु जनताको जान्न पाउने अधिकारसँग जोडिएको विषय भएको बताए।
प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो स्वतन्त्र निकायमाथि हस्तक्षेप भएको आरोपसमेत लगाए।
उनले प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्त तथा आयुक्तहरूलाई सिंहदरबारको कोठामा थुन्न मिल्ने हो कि होइन भन्दै प्रश्न गर्दै यस्ता असंवैधानिक र अराजक गतिविधिविरुद्ध कांग्रेसले दह्रो आवाज उठाउनुपर्ने बताए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा