सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सरकारको बचाउ गरेकी छन्।
ग्यास डिपोमा वितरणमा केही दिन ढिलाइ भएको विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला तामाङले सामाजिक सञ्जालमार्फत अहिले देखिएको समस्या क्षणिक भएको दाबी गरेकी हुन्।
उनले विगतमा लामो समयसम्म ग्यासको अभाव हुँदा आफूले भोगेको सास्ती स्मरण गर्दै अहिले एक–दुई दिन डिपोमा ग्यास भर्न ढिलाइ हुँदा समस्या ठूलो बनाइएको बताएकी छन्।
तामाङले लेखेकी छन्, ‘ग्यासको हाहाकार पहिलेदेखि थियो, एक वर्षसम्म ग्यास नपाएर स्टभमा भात पकाएर खाएको मलाई थाहा छ। आज एक–दुई दिन डिपोमा ग्यास भर्न ढिला हुँदा सबै उर्लेर आएको देख्दा अचम्म लाग्छ।’
नेपाल एलपी ग्यासमा आत्मनिर्भर नरहेको र विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले वर्षायामका कारण आपूर्तिमा केही दिन ढिलाइ हुनु स्वाभाविक भएको तर्क गरेकी छन्।
‘ग्यास हाम्रो देशमा छैन, अरू देशमा भएको खनिज पदार्थ ल्याउन बर्खायाममा एक–दुई दिन तलमाथि हुँदा सबै मिलेर खनिनु आवश्यक छ ?’ उनले प्रश्न गरेकी छन्।
पछिल्लो समय देशभर ग्यासको आपूर्ति असहज भइरहेका बेला रास्वपाकै केही सांसदहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। यस्तो अवस्थामा सत्ता साझेदार दलकी सांसद तामाङले भने सरकारको बचाउ गर्दै अभिव्यक्ति दिएकी हुन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा