सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा भेटिएका छन्।
गत शुक्रबारदेखि हराइरहेका ६५ वर्षीय सिंहको शव आइतबार मोटरसाइकल नजिकै जंगल क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो घरबाट निस्किएका सिंहले आफू जंगलमा बाटो बिराएको भन्दै आफन्तलाई मोबाइलमार्फत जानकारी गराएका थिए।
त्यसपछि आफन्त र प्रहरीले खोजी सुरु गरेका थिए। शनिबार उनको मोटरसाइकल फेला परे पनि उनी भेटिएका थिएनन्।
आइतबार खोजी गर्ने क्रममा मोटरसाइकल नजिकै उनको शव फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा