• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’

      कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

      पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

      कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

      प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

      देउवा पक्षलाई विश्वप्रकाश शर्माले भने- ‘भेलाबाट नयाँ पार्टी बन्दैन, वार्ताका लागि हामी तयार छौँ’

      दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

      पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं, छुट्टाछुट्टै दल बनाउने तयारी

      प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

      सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

      माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

      नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

      कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की

      पर्यटन अर्थतन्त्रको मेरुदण्ड, नाटाको भूमिका महत्वपूर्ण : सभामुख अर्याल

      नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट

    होमपेज /  समाचार

    पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २९, शुक्रबार (४९ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २० पटक पढिएको
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले नेपालको समूल विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

    शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा)को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भए पनि नीतिगत र संरचनागत कमजोरीका कारण पर्यटनबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए ।

    उनले भने, ‘नेपालको समूल विकासको एउटा मात्रै सम्भावना कुनै क्षेत्रमा छ भने त्यो पर्यटनमा छ । पर्यटन उद्योगका लागि आवश्यक पर्ने प्राकृतिक र सांस्कृतिक सबै चिजले सम्पन्न छौं । तथापि, हाम्रा कतिपय नीतिगत र संरचनागत कमजोरीका कारणले चाहेजस्तो उपलब्धिहरू हासिल गर्न सकिरहेका छैनौं ।’

    हवाई टिकटमा लगाइएको भ्याट, आईएटीए सम्बद्ध व्यवसायीको अधिकार तथा कमिसन र एजेन्सी डेबिट मेमो (एडीएम) का विषयमा मन्त्रालय गम्भीर रहेको उनले बताए ।

    ‘हवाई टिकटमा लगाइएको भ्याट, आयटा सम्बद्ध व्यवसायीहरूको अधिकार सुनिश्चितता (कमिसन) र एजेन्सी डेबिट मेमो (एडीएम) का विषयमा मन्त्रालय अत्यन्तै संवेदनशील छ,’ उनले भने, ‘छोटो समयमा बजेट भाषणको संघारमा आइपुगेकाले तत्काल भ्याट हटाउन नसकिए पनि, आगामी वर्ष यसलाई तार्किक निष्कर्षमा पु¥याउने गरी म गृहकार्य गरिरहेको छु ।’

    पर्यटन ऐन संशोधनका क्रममा निजी क्षेत्रका सुझाव समेट्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले अहिलेको विधेयकमा केही महत्वपूर्ण विषय छुटेको बताए ।

    ‘सम्पूर्ण निजी क्षेत्रका साथीहरूलाई मेरो आग्रह छ—आ–आफ्नो व्यवसायसँग सम्बन्धित कठिनाइहरू र नीतिगत समस्याहरूलाई हाम्रो पर्यटन विधेयकले सम्बोधन गरेको छ वा छैन, त्यसलाई गहिरिएर हेर्नुहोला,’ उनले भने, ‘त्यहाँ एड्भेन्चर टुरिजम र आरोग्य पर्यटन जस्ता धेरै विषयहरू छुटेका छन्।’

    नेपालमा पर्यटनसम्बन्धी अध्ययन हुने एक मात्र सरकारी संस्था नाथमलाई थप प्रभावकारी बनाउँदै सातै प्रदेशमा विस्तार गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

    मन्त्री पौडेलले आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै यसै वर्षदेखि स्नातक र स्नातकोत्तर तहको अध्ययन सञ्चालन गर्न निर्देशन दिइएको पनि जानकारी दिए ।

    नेपाल पर्यटन बोर्डको वर्तमान संरचना र कार्यशैलीबाट अपेक्षित सुधार गर्न कठिन रहेको भन्दै उनले बोर्डको लगानीलाई पूर्वाधार तथा प्रवद्र्धनमा केन्द्रित गर्ने बताए ।

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था दयनीय रहेको उल्लेख गर्दै मन्त्री पौडेलले निगमलाई सार्वजनिक–निजी साझेदारी मोडलमा लैजानुपर्ने धारणा राखे ।

    युरोपेली संघले नेपालका हवाई सेवा प्रदायकलाई हवाई सुरक्षा सूचीमा राखेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उनले बताए ।

    सुशासनलाई समृद्धिको पहिलो आधार भन्दै मन्त्री पौडेलले निजी क्षेत्रमैत्री नीति निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

    कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

    प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    देउवा पक्षलाई विश्वप्रकाश शर्माले भने- ‘भेलाबाट नयाँ पार्टी बन्दैन, वार्ताका लागि हामी तयार छौँ’

    कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की

    पर्यटन अर्थतन्त्रको मेरुदण्ड, नाटाको भूमिका महत्वपूर्ण : सभामुख अर्याल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’

    कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो…

    पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो…

    कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार…

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    देउवाको आक्रोश– ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन्…

    आर्थिक

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑