• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

      धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’

      कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

      पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

      कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

      प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

      देउवा पक्षलाई विश्वप्रकाश शर्माले भने- ‘भेलाबाट नयाँ पार्टी बन्दैन, वार्ताका लागि हामी तयार छौँ’

      दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

      पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं, छुट्टाछुट्टै दल बनाउने तयारी

      प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

      सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

      माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

      नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

      कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की

      पर्यटन अर्थतन्त्रको मेरुदण्ड, नाटाको भूमिका महत्वपूर्ण : सभामुख अर्याल

    होमपेज /  समाचार

    कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २९, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९ पटक पढिएको
  • कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

    काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव संकलन गरिएको छ ।

    बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने विषयमा समेत छलफल भएको छ ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कारागार व्यवस्थापनको समग्र सुधारका लागि विद्यमान कानुनमा आवश्यक संशोधन गर्नुपर्ने बताइन् ।

    उनले समितिमा उठेका प्रश्न, प्रतिवेदनमा समेटिएका सुझाव तथा कैदीबन्दीलाई उत्पादनमूलक कार्यमा लगाउने र कारागार व्यवस्थापन सुधारका लागि गठित अध्ययन समितिको प्रतिवेदनलाई समेत आधार बनाएर सरकारले आवश्यक काम अघि बढाउने बताइन् ।

    ‘यो विषयवस्तुमा लामो समयदेखि छलफल गर्दै आइरहेका छौँ । आज समितिमा उठेका प्रश्न, समितिले अध्ययन गरेर प्रतिवेदनमा सुझाएका विषयवस्तु र कैदीबन्दीलाई उत्पादनमूलक कार्यमा लगाउने तथा कारागार व्यवस्थापनको समग्र सुधार गर्न गठित अध्ययन समितिको प्रतिवेदन पनि हामीसँग छ,’ मन्त्री गौतमले भनिन् ।

    उनका अनुसार कारागार व्यवस्थापन सुधारसम्बन्धी अध्ययन समितिको प्रतिवेदन आएको करिब डेढ महिना भएको छ । विगतमा प्राप्त सुझावहरूलाई कानुन संशोधन नगरी कार्यान्वयन गर्न कठिनाइ रहेकाले अबको बाटोबारे सरकारले अध्ययन गरिरहेको उनले बताइन् ।

    मन्त्री गौतमले कारागार ऐन, २०७९ जारी भए पनि त्यसले सबै विषयलाई समयसापेक्ष रूपमा समेट्न नसकेको बताइन् । ऐनमा अझै धेरै विषय छुटेकाले आवश्यकताअनुसार कानुन सुधार गर्नुपर्ने उनको भनाइ छ ।

    ‘कारागार ऐन, २०७९ मा आएको छ । समयसापेक्ष बनाउनका लागि भनेर त्यो ऐन आयो तर अझै पनि समयसापेक्ष बनेन । अझै पनि धेरै विषयवस्तु बाहिर छुटेका छन्,’ उनले भनिन् ।

    उनले कारागार सुधारको विषय कुनै दलविशेषको नभई साझा विषय भएकाले सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् । समाजलाई सुरक्षित र शान्तिपूर्ण बनाउने जिम्मेवारी सबैको साझा भएको उनको भनाइ छ ।

    मन्त्री गौतमले समितिमा सांसदहरूले दलीय धारणाभन्दा माथि उठेर विज्ञ र समाजको आवाजका रूपमा कारागार व्यवस्थापन तथा कानुन सुधारबारे सुझाव दिएको बताइन् । ती सुझावका आधारमा राज्यले आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सक्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

    पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

    कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

    प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    देउवा पक्षलाई विश्वप्रकाश शर्माले भने- ‘भेलाबाट नयाँ पार्टी बन्दैन, वार्ताका लागि हामी तयार छौँ’

    कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक…

    धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’

    कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो…

    पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो…

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    देउवाको आक्रोश– ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन्…

    आर्थिक

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑