सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ गर्नु आफ्नो प्रमुख दायित्व भएको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकताबद्ध भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे ।
सम्बोधनका क्रममा कोइरालाले कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगसमेत स्मरण गरे । उनले बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै बनारसमा रहँदाका स्मृतिहरू सुनाए ।
बीपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको स्मरण गर्दै कोइरालाले त्यतिबेला सँगै चलचित्र हेरेको र चलचित्रको सूक्ष्म तथा हुबहु विश्लेषण गर्ने देउवाको क्षमताबाट आफू प्रभावित भएको बताए ।
कांग्रेसको राजनीतिक इतिहासको चर्चा गर्दै उनले लोकतन्त्र स्थापना भएपछि तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा लन्डनबाट नेपाल फर्किएलगत्तै देउवा प्रधानमन्त्री बनेको प्रसंग पनि उल्लेख गरे ।
‘उहाँ अत्यन्त भाग्यमानी र प्रभावशाली नेता हुनुहुन्छ । शेरबहादुर जी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ,’ कोइरालाले भने ।
संस्थापनइतर पक्षले राष्ट्रिय भेला आयोजना गरे पनि कोइरालाले देउवाको नेतृत्वप्रति पूर्ण समर्थन जनाएका छन् । उनले देउवाको उपस्थितिले कार्यक्रम थप सफल हुने विश्वास व्यक्त गर्दै देशभरबाट भेलामा सहभागी भएका नेता–कार्यकर्तालाई स्वागतसमेत गरे ।
यसअघि निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित राष्ट्रिय भेलाको उद्घाटन गरेका थिए ।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई चुनौती दिँदै देउवा र डा. कोइराला पक्षले आयोजना गरेको यस भेलालाई कांग्रेसभित्रको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।
साउन २९ देखि ३१ गतेसम्म चल्ने भेलामा कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था, पार्टी नेतृत्वसम्बन्धी विवाद, सांगठनिक विषय तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा