सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले बंगलादेशको निर्वाचन परिणामसँग तुलना गर्दै नेपालमा पनि त्यस्तै नतिजा आउने दाबी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले बंगलादेशका चुनावी विजेतालाई बधाई दिँदै नेपालमा चुनाव भए एमालेले भाग लिने र परिणाम आफ्नो पक्षमा आउने संकेत गरेका हुन्।
आज काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने क्रममा भद्रपुर विमानस्थल मा पत्रकारहरूले “चुनाव हुन्छ कि हुँदैन?” भन्ने प्रश्न गरेका थिए। त्यसको जवाफमा ओलीले भने, “बंगलादेशको चुनावमा जे भयो नेपालमा पनि त्यही हुन्छ। बधाई छ चुनावका विजेतालाई। नेपालमा चुनाव हुने भयो भने हामी भाग लिन्छौँ। चुनावको वातावरणका विषयमा यसै भन्न सकिँदैन। अब त चुनाव हुन्छ भन्ठान्छु म।”
निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा पनि चुनाव हुने वा नहुनेबारे अन्यौलता रहेको उनले दाबी गरे। बाहिर अझै पनि निर्वाचनको पूर्ण वातावरण नबनेको र नागरिकहरूमा त्रास देखिएको उल्लेख गर्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।
झापा क्षेत्र नम्बर ५ बाट पुनः उम्मेदवार बनेका ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट र चुनावी अभियानमा व्यस्त छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव देखिएको विश्लेषण भइरहेका बेला ओलीले आफ्नो चुनावी गतिविधि तीव्र बनाएका छन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा