• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

      दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

      नेपाली सेनाको हेलिकप्टरमार्फत घर ल्याइयो गणेश यादवको शव

      काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

      बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

      गोलबजारमा आज कफ्र्यु खुकुलो

      तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

      पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

      गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

    होमपेज /  पत्रपत्रिका

    कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ जेष्ठ २, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५५८ पटक पढिएको
  • काठमाडौँ, २ जेठ ।  संसद्को ठूलो दल नेपाली कांग्रेसले आफ्नो रणनीतिमा सहकारी बचत रकम अनियमिततासँग जोडिएका गृहमन्त्री रवि लामिछानेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अब निसाना बनाउने भएको छ । सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री लामिछानेको बचाउमा एमाले अध्यक्ष ओली खुलेर लागेपछि कांग्रेसले आफ्नो एजेन्डामा ओलीको नाम पनि थपेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी अनियमितता प्रकरणको छानबिन गर्न नरम देखिएका बेला एमाले अध्यक्ष ओली सहकारी अनियमितताको विषयमा छानबिन नै गर्न नहुने पक्षमा उभिएपछि कांग्रेसले आफ्नो निसानामा ओलीलाई पनि राखेको हो । आइतबार र मंगलबारको भेटपछि कांग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्डसँग नरम देखिएका छन् । आफू छानबिन समिति बनाउन सकारात्मक भए पनि एमाले र रास्वपाले नमानेको बिफ्रिङ प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूसँग गरेका थिए ।

    एमाले अध्यक्ष ओली सहकारीको अनियमितता प्रकरणमा छानबिन गर्न तयार नहुनुको पछाडि मुलुकभर झन्डै २ सय सहकारीमा एमालेका नेता तथा कार्यकर्ता मुछिने आँकलन छ । कांग्रेसले अहिले सहकारी अनियमितता प्रकरणको विषयलाई जोडतोडका साथ उठाइरहेको छ । साथै, कांग्रेसले आफ्नो भ्रातृ संगठनमार्फत सहकारी बचत रकम अनियमितता गर्नेलाई कारबाहीको माग गर्दै आन्दोनलनसमेत चर्काउने जनाइसकेको छ । सडकदेखि सदनसम्म कांग्रेसले सहकारी अनियमितता प्रकरणलाई उठाउने भएको छ ।

    सहकारी अनियमितता प्रकरणमा एमालेहरूले सहकारीको कुरालाई सामान्य प्रक्रियाबाट सरकारले छानबिन गरोस् भन्ने चाहेका छन् । ‘आफैं सरकारमा भएकाले सरकारी कारबाहीबाट आफ्ना मान्छे बचाउन सकिन्छ भन्ने भएर उहाँहरूले सहकारीको विषय संसद्मा प्रवेश गराउन नचाएको हो,’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘संसदीय समिति बन्दा आईजीपी, सहकारी सम्बन्धित मन्त्रालयका मन्त्री सचिवलाई बोलाउँछ, समिति बन्दा मुलुकभरिबाट मेरो पैसा फिर्ता दिऊ भनेर मान्छेले उजुरी हाल्छन्, त्यसमा अपचलन देखिन्छ, एमालेहरू यो कुराबाट तर्सेका छन् ।’

    लेखकका अनुसार एमाले मुलुकभरिका सहकारीको रकम हिनामिना गर्ने मान्छेलाई जोगाउने कोर्समा जान थालेको कांग्रेसको निष्कर्ष छ । गृहमन्त्री लामिछानेमाथि संसदीय समिति गठन स्वीकार छैन भन्दै आएको एमाले अन्ततः सहकारीको विषय संसद्मा प्रवेश गराउनै नदिने ठाउँमा पुगेको उनको तर्क छ ।

    एमाले र रास्वपाको बटमलाइन सहकारी ठगीको विषयमा छानबिन गर्न नहुने भएका कारण पटकपटक संसद् अवरोध हुँदै आइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति अपरिहार्य भएको भन्दै दबाब दिइरहेको छ । तर, एमाले र रास्वपा भने कुनै पनि हालतमा अनियमितताको छानबिन हुन नदिने पक्षमा उभिएको कांग्रेसका एक नेताले बताए । गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा मुछिएपछि संसदीय छानबिन समिति बनाउने विषयमा मध्यमार्गी बाटो लिने प्रधानमन्त्रीको पहलमा समेत एमाले र रास्वपाले साथ दिएनन् ।

    गृहमन्त्री लामिछानेले सहकारी विवादमा आफू निष्कलंक रहेकाले छानबिन समितिको औचित्य नै नरहेको दाबी प्रस्तुत गर्दै आइरहेका छन् । साथै, उनले आफ्नो सफाइमा महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको भन्दै पत्र देखाउँदै हिँडिरहेका छन् । जबकि, सहकारी अनियमितता प्रकरणमा सफाइ दिने कार्यालय महान्यायाधिवक्ताको कार्यालय होइन ।

    सहकारी बचत रकम अनियमितता प्रकरण छानबिन हुन नहुनेमा एमालेले समेत एकढिक्का भएर रास्वपालाई साथ दिइरहेको छ । एमाले अध्यक्ष ओलीले त सार्वजनिक रूपमै गृहमन्त्री लामिछानेको बचाउ मात्रै गरेका छैनन्, सहकारी बचत हिनामिनाको छानबिन नै हुन नहुने तर्कसमेत दिँदै आएका छन् ।

    पछिल्लो समय एमाले अनियमितता प्रकरण छानबिन हुन नहुनेमा कठोर देखिएको र प्रधानमन्त्री प्रचण्डले ल्याएको मध्यमार्गी प्रस्तावलाई समेत अस्वीकार गरेपछि कांग्रेसले एमाले अध्यक्ष ओलीलाई पनि निसाना बनाउने रणनीति लिएको हो । सहकारी अनियमितता प्रकरणको छानबिन हुनुपर्नेमा सबै दल एकातिर छन् भने रास्वपा र एमाले मात्रै अनियमितताको विषय छानबिन हुन नहुने पक्षमा कठोर भएर उभिएका छन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई…

    दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा…

    विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको…

    वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑