• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

      रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

      नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

      विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन 

      कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

      एक महिनामै सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

      ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते

      रामेछापको पीडा : घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा

    होमपेज /  पत्रपत्रिका

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दा शान्त, त्यसपछि नाराबाजी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ जेष्ठ २, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५०८ पटक पढिएको
  • काठमाडौँ, २ जेठ । सहकारी ठगी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाका साथै राष्ट्रिय सभाको बैठकसमेत कांग्रेस सांसदले नाराबाजी गर्दै अवरुद्ध गरे ।

    सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता’bout छानबिन गर्न कांग्रेसले माग गर्दै आएको छ । तर, सत्तारूढ दल छानबिन समिति गठन गर्नमा सहमत नभएपछि कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभा अवरुद्ध गर्दै आएको कांग्रेसले अब बाग्मती प्रदेशसभामा समेत विरोध गर्दै अवरुद्ध गर्ने निर्णय गरेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कांग्रेस शीर्ष नेताको मंगलबार भएको छलफलपश्चात कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति पौडेललाई सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको थियो ।

    राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेस गरेपछि बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव गर्ने कार्यसूची रहेको थियो । तर, बैठकमा कांग्रेस सांसदले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेपछि कार्यसूचीमै प्रवेश नगरी मंगलबारको बैठक स्थगित भयो ।

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बैठक सुरु भएको भने लगतै कांग्रेस सांसदले सभामुख बसेको कुर्सीतर्फ गई बेल घेर्नुका साथै नाराबाजी गर्न थालेका थिए । सभामुख घिमिरेले अधिवेशन प्रारम्भ भएदेखि पेस गर्नुपर्ने पत्रहरू पेस गर्न नपाएको र राष्ट्रपतिलाई धन्यवाद दिनुपर्ने कार्यसूची रहेको बताए । सांसदहरूलाई आफ्नो आसनमा बस्न आग्रह गर्दै उनले अगाडि भने, ‘अध्यादेशलाई पहिलो दिन नै टेबल गर्नुपर्ने व्यवस्था छ, त्यो पनि हामीले गरेका छैनौं ।’

    तर, कांग्रेस सांसदले नाराबाजी गर्न छोडेनन् । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएकाले छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग सांसदले गरे । कांग्रेस सांसदहरूको नाराबाजी निरन्तर जारी रहेपछि सभामुख घिमिरेले भोलि (बिहीबार) बैठक बस्नेगरी स्थगित गरे ।

    उता, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठक सुरु गरेलगत्तै कांग्रेस सांसदहरू आफ्नो स्थानमा उठेर विरोध गरे । अध्यक्ष दाहालले राष्ट्रपतिलाई धन्यवाद दिने मात्र कार्यसूची रहेकाले सहयोग गर्न आग्रह गरे तर कांग्रेस सांसदहरूले विरोध जारी नै राखेपछि बैठक स्थगित भयो ।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आफ्ना माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निर्णय पार्टीले गरेको बताए । लेखकले सरकार सहकारीपीडितप्रति संवेदनशील हुन नसकेको आरोप लगाउँदै सरकारलाई तत्काल संसदीय समिति बनाउन माग गरेको बताए ।

    कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममाथि छलफल नहुने अडान राखेको छ । कुनै पनि सरकारी प्रस्तावमाथि संसद्मा छलफल नहुने अडान लेखकले दोहो¥याए ।

    ‘कुनै पनि सरकारी प्रस्तावमा हामी प्रवेश गर्दैनौं, सरकारी कार्यसूचीमा, सरकारसम्बन्धी विधेयकमा हामी प्रवेश गर्दैनौं,’ कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई सम्बोधन गर्न दिनूस्, छानबिन समिति बनाउने कोसिस गर्छु भनेर प्रतिबद्धता जनाएको आधारमा आज (मंगलबार) नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका हौं ।’

    सरकारको नीति तथा कार्यक्रमले सहकारीपीडितलाई सम्बोधन गर्न नसकेको समेत उनले टिप्पणी गरे । ‘सहकारीमा बचत गरेका मानिसहरूको मर्कालाई सम्बोधन गर्न सरकारले सकेन,’ प्रमुख सचेतक लेखकले भने, ‘सहकारीमा ठगी गर्ने, रकम हिनामिना गर्ने मान्छेलाई कारबाही गर्छु भन्न सरकारले सकेको छैन ।’

    नियामक निकाय बनाउने पुरानै कुरा भएको भन्दै नेता लेखकले ठगी गर्ने मानिसलाई कारबाही गर्ने र हिनामिना भएको रकम फिर्ता गर्ने सरकारी स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा त्यो नआएको बताए । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन…

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा…

    ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑