• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

      रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

      नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

      विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन 

      कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

      एक महिनामै सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

      ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते

      रामेछापको पीडा : घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा

    होमपेज /  पत्रपत्रिका

    कुवेतमा ‘बेचिएका’ दर्जन महिलाको बिचल्ली

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख २४, सोमबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४५३ पटक पढिएको
  • काठमाडौँ, २४ बैशाख ।  कुवेतमा घरेलु कामदारका रूपमा महिलाहरूलाई लैजान प्रतिबन्ध लगाइएको भए पनि अवैध मार्गबाट कुवेत पुगेका महिलाहरूले आफूहरू बेचिएको बताएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दरनगरकी लक्ष्मीकुमारी दमाईले आफूलाई एजेन्टले कुवेत ल्याएर बिक्री गरेको भन्दै उद्धारको अपिल गरेकी छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूलाई कुवेतको चालिया भन्ने ठाउँमा ओमबहादुर नाम गरेका एजेन्टले ल्याएर बिक्री गरेको बताएकी छन् । आफू बिरामी भएको र नेपाल फर्काउन आग्रह गर्दा एजेन्टले नसुनेको उनले बताएकी छन् । ‘घर मालिकलाई घर पठाइदेऊ, म यहाँ काम गर्न सक्दिनँ भन्दा मैले तिमीलाई किनेर ल्याएको र पैसा दिए मात्र घर पठाउँछु भन्ने जवाफ दिइयो,’ उनले भनिन् ।

    यस्तै, मोरङकी एक महिलालाई पनि एजेन्टले कुवेत पु¥याएर बिक्री गरेको भन्दै उनका श्रीमान् सन्तोषले उद्धार गर्न हारगुहार गरिरहेका छन् । श्रीमतीले सातवटा घर परिवर्तन गरिसक्दा पनि भनेनुसारको काम नपाएपछि समस्यामा परेको सन्तोषले बताए । अहिले श्रीमतीको उद्धार गर्न उनी एजेन्टसँग रोइकराई गरिरहेका छन् ।

    अवैध बाटो हुँदै कुवेत आएर समस्यामा परेका दर्जनभन्दा बढी नेपाली महिला आफ्नो सम्पर्कमा रहेको समाजसेवी घनश्याम थापा मगरले बताए । ‘अवैध बाटो हुँदै घरेलु काममा आएर साहुको कुटपिट यातना सहन नसकेर तत्काल भागेकाको धेरै समस्या परेका दैनिक १२ देखि १५ जना नेपाली महिला मेरो सम्पर्कमा आउँछन्,’ समाजसेवी थापाले राजधानीसँग भने, ‘आफूहरूलाई एजेन्टले बिक्री गरेको रहेछ भनेर हारगुहार गर्नुहुन्छ, यस्ता त अनगिन्ती पीडितहरू छन्, हामी पनि के नै पो गर्न सक्छांै र ? जे होस् सक्ने सहयोग गरिरहेका छौं ।’

    उनले अहिले कुवेतस्थित नेपाली दूतावासको सेल्टरमा ४२ जना दिदीबहिनी उद्धार हुने पर्खाइमा रहेको र दिन प्रतिदिन पीडितहरूको संख्या बढेकाले दूतावासलाई पनि कठिन भएको बताए । हेटौंडा घर भएकी सजिना रुम्बालाई पनि एजेन्टले कुवेत पु¥याएर बिक्री गरेपछि आफूहरूले उद्धार गरेको थापाले बताए । ‘उद्धारपछि कोठामा ल्याएर सबै डकुमेन्ट तयार पारेर नेपाल पठाउन खोजियो, दुईपटक फ्लाइट क्यान्सिल हुँदा लाख रुपैयाँ खर्च भइसक्यो, तर पनि पठाउन सकिएको छैन,’ समाजसेवी थापाले भने ।

    अहिले उनलाई पनि एक जना नेपाली महिलाको कोठामा राखेको र खान बस्नका लागि विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ एनआरएनए कुवेतका अध्यक्ष धिरेन सुवेदीले आयस्रोत जुटाइरहेको थापाले बताए । ‘एजेन्टहरूले नेपाली महिलालाई कतिमा बेच्छन्, अनि कतिमा किन्छन् भन्नेसम्म जानकारी हुँदैन,’ उनले भने ।

    पछिल्लो समय कुवेतीले खदमा यानकी घरेलु महिला कामदारहरूको फोन ट्र्याक गरेर कोसँग बोल्छ, उसैलाई खदमा भगाएको केस लगाएर पक्राउ गर्ने गरेकाले पनि उद्धार गर्न थप समस्या हुने गरेको बताइएको छ ।

    दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

    अवैधानिक बाटो भएर गएको पत्तो नपाउने चेलीले बन्धकसरह काम गर्नु परेपछि मात्र आफूलाई फसाएको ’bout थाहा पाउने गर्छन् । खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने रहेका छन् । उनीहरूले आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थान पनि थाहा नपाउने हुनाले उद्धारमा थप समस्या हुने गरेको पाइन्छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन…

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा…

    ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑