• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

      सरकार नियन्त्रणमुखी बाटोमा अघि बढ्यो : सह–महामन्त्री शिवाकोटी

      पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्छ : विश्वप्रकाश शर्मा

      वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने

      गण्डकीका अधिकांश स्थानमा वर्षा

      फुसका घर र झाडीबाट उठेको भैरहवा : शहरीकरणको गतिलो नमूना

      डोल्पा कारागारबाट सुरुङ खनेर कैदी भागेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न

      अव्यवस्थित सहरीकरणले बढायो विपद्को जोखिम, रोकथाममा लगानी कमजोर

      ५०५ किलोमिटरको कर्णाली करिडोर : २४६ किलोमिटर चार लेन बनाउने प्रस्ताव, पाँच वर्षमा काम सक्ने लक्ष्य

      नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै भैरहवा : गाउँदेखि व्यापारिक सहरसम्मको यात्रा

      प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो : कुलमान घिसिङ

      समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन : शोभराज बराल

      उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि कारबाही

      आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना

      समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

    होमपेज /  राजनीती

    सरकार नियन्त्रणमुखी बाटोमा अघि बढ्यो : सह–महामन्त्री शिवाकोटी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकार लोकतन्त्रका आधारभूत मूल्य र मान्यताविपरीत नियन्त्रणमुखी बाटोमा अघि बढिरहेको आरोप लगाएका छन् ।

    शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका र राज्यका संस्थाहरूको स्वायत्ततामाथि सरकारले नियन्त्रण स्थापित गर्न खोजेको बताए ।

    उनले लोकतन्त्रलाई आवधिक निर्वाचन, बहुमतको सरकार र सत्ताको हस्तान्तरणमा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै यसको वास्तविक शक्ति नागरिक स्वतन्त्रता र राज्यका संस्थाहरूको स्वायत्ततामा निहित हुने बताए ।

    उनले भने, ‘आजको दिनमा लोकतन्त्रलाई केवल आवधिक निर्वाचन, बहुमतको सरकार र सत्ताको हस्तान्तरणमा मात्र सीमित गर्न खोजियो र त्यसलाई त्यसैगरी नै बुझ्न खोजियो । खासगरी लोकतन्त्रको वास्तविक शक्ति, नागरिकको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका र राज्यका संस्थाहरूको स्वायत्ततामा निहित हुन्छ भन्ने कुरा सरकारले बिर्सिरहेको छ।’

    शिवाकोटीले राज्यका संवैधानिक तथा सार्वजनिक संस्थाहरूले आफ्नो संस्थागत मर्यादा, स्वायत्तता र विश्वसनीयता गुमाउँदै जानु लोकतन्त्रका लागि सकारात्मक सङ्केत नभएको बताए ।

    उनले यस्तो अवस्थालाई विद्वान् फ्रान्सिस फुकुयामाले ‘डेमोक्रेटिक ब्याकस्लाइडिङ’ अर्थात् लोकतान्त्रिक अवन्नोतिका रूपमा व्याख्या गरेको पनि बताए ।

    सरकारको व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि नियन्त्रण स्थापित गर्ने दिशातर्फ उन्मुख देखिएको उनको भनाइ छ ।

    उनले पूर्वप्रधानन्यायाधीशलाई रातिराति घरबाट उठाइनु, पत्रकारहरूलाई न्युजरुम र कार्यालयमै पुगेर नियन्त्रणमा लिन खोजिनु तथा व्यवसायीहरूलाई धरपकड र खानतलासी गरिनु चिन्ताजनक भएको बताए ।

    शिवाकोटीले सरकारका संयन्त्रहरू प्रयोग गरेर फरक विचार राख्नेहरूलाई रोक्ने र सञ्चारमाध्यमको आवाज बन्द गर्ने प्रयास भइरहेको आरोप लगाए । मिडियाकर्मीको कलम खोस्ने प्रयास लोकतन्त्रका लागि डरलाग्दो विषय भएको उनको भनाइ छ ।

    उनले सर्वोच्च अदालत, न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रशासन र सञ्चारमाध्यमलगायत राज्यका निकायहरूलाई सरकारले नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

    उनले भने, ‘राज्यका निकायहरू जुन किसिमले सर्वोच्च अदालत, न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रशासन, मिडिया सबैमा जुन किसिमले सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको छ, यो एकदमै डरलाग्दो विषय भएको छ।’

    सरकार सही बाटोमा अघि नबढेको भन्दै आलोचना गर्नेहरूलाई विभिन्न माध्यम र संयन्त्र प्रयोग गरेर तर्साउने तथा धम्क्याउने काम भइरहेको पनि उनले बताए ।

    प्रधानमन्त्रीका एक सल्लाहकारले सरकारको आलोचना गर्नेहरूलाई नियन्त्रणमा लिन आदेश दिने तर विरोध भएपछि प्रधानमन्त्रीकै नाम लिएर अर्को निकायले त्यसमा आफ्नो संलग्नता नरहेको बताउने गरेको उनको भनाइ छ ।

    उनले प्रहरी, गृहप्रशासन र प्रधानमन्त्रीका सल्लाहकारहरूबीचको जिम्मेवारी तथा जवाफदेहितामाथि प्रश्न उठाए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्छ : विश्वप्रकाश शर्मा

    राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था आवश्यक : कमल थापा

    कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो

    स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ

    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुरी छ : माधव नेपाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    सरकार नियन्त्रणमुखी बाटोमा अघि बढ्यो : सह–महामन्त्री शिवाकोटी

    पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्छ :…

    वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको…

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी…

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आर्थिक

    डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली सर्वसम्मत निर्वाचित

    एनआईसी एसिया बैंकका थप ७ शाखा बन्द हुँदै, कुन शाखा कहाँ गाभिँदैछन् ?

    सुन र चाँदीको मूल्यमा ठूलो गिरावट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑