• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

      दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

      नेपाली सेनाको हेलिकप्टरमार्फत घर ल्याइयो गणेश यादवको शव

      काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

      बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

      गोलबजारमा आज कफ्र्यु खुकुलो

      तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

      पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

      गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

    होमपेज /  पत्रपत्रिका

    सरकार जोगाउन सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई उन्मुक्ति ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख ५, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५३७ पटक पढिएको
  • काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा ठगी मुद्दा दायर भए पनि गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान नै नगरी उन्मुक्ति दिइएको छ । सर्वसाधारणको बचत रकम ठगी भएको विषयमा अभियोगपत्रमा नाम रहेका सबैलाई मुद्दा दर्ता भए पनि लामिछानेलाई प्रतिवादी बनाइएन ।

    गृहमन्त्री लामिछानेले गैरकानुनी रूपमा ऋण लिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भए पनि मुद्दा दायर भएन । प्रहरीले गरेको अनुसन्धान र सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रअनुसार लामिछानेले २ करोडबराबर ऋण उक्त सहकारीबाट लिएको देखिएको छ ।

    ‘संस्थाको बचतबाट सदस्य नै नरहेका रवि लामिछानेको नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरेको’ भनी अभियोगपत्रमा लेखिएको छ । लामिछानेको नाममा भौचर सदर गर्ने सागर केसी र जम्मा गर्ने रोशनी गुरुङ देखिएको र उनको ग्लोबल आईएमई बैंकको खातामा भौचरसहित जम्मा भएको अभियोगपत्रमा उल्लेख छ । लामिछानेको नाममा व्यापार कर्जा स्वीकृत भएको भनिएको छ । २ करोड स्वीकृत भएकोमध्ये १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियाको नाममा जम्मा गरिएको थियो ।

    बुटवलको सुप्रिम सहकारीमा १÷२ सयदेखि लाखौं रुपैयाँ जम्मा गरेका करिब १० हजार बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको भन्दै गत १ चैतमा प्रहरीमा जाहेरी परेको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । १ सय ५७ पृष्ठको अभियोगपत्रमा सात फरक पृष्ठका नौ ठाउँमा रकम, मिति र खातासहित लामिछानेको नाम छ । तर, २८ जनालाई प्रतिवादी बनाउँदा उनलाई भने प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले नै उन्मुक्ति दिएका छन् । उता आदेशअनुसार चेक जम्मा गरेकी सहकारीकी कर्मचारी रोशनी गुरुङलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।

    लामिछाने आफू सेयर सदस्य नै नभएको सो सहकारीबाट कसरी ऋण प्रवाह भयो भन्ने’bout प्रहरी अनुसन्धानले केही खुलाएको पाइँदैन । प्रहरीले सो विषयमा अनदेखा गरेको छ । गृहमन्त्रीमा लामिछानेले शपथ खाएपछि प्रहरीले उनीमाथि प्रश्न नै नसोधी अभियोगपत्रमा उन्मुक्ति दिने कार्य गरेको देखिन्छ । यता माओवादी केन्द्रका नेता दीपेश पुनलाई ३० लाख रुपैयाँ लिएकै आधारमा मुद्दा दर्ता हुँदा गृहमन्त्री लामिछानेले सहकारीबाट २ करोडबराबरको रकम लिएको विषयमा प्र्रहरीले बयान लिन नसकेपछि अनुसन्धानमाथि प्रश्न उठेको छ ।

    प्रहरीको अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘रवि लामिछानेका नाममा दुई करोड व्यापार कर्जा स्वीकृत भई १ करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको खाता नम्बर ०४०१०१००००५७७७ मा ग्लोबल आईएमई बैंकमा जम्मा भएको देखिने कागजात भेटिएका छन् ।’ २ करोड ऋणबापत ४ लाख रुपैयाँ सेवा शुल्क कट्टा गरेर १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको पनि प्रहरीले पुष्टि गरेको छ । कैफियतमा टिप्पणी गर्दै प्रतिवेदन भन्छ, ‘संस्थाका बचत सदस्य रवि लामिछानेका नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरिएको छ ।’

    गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइएपछि यो घटनाले सहकारी प्रकरण मिलाउन आएको भन्ने अर्थका रूपमा बुझ्न सकिने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल बताउँछन् । ‘सुशासन स्थापना गर्न स्थापित भएको पार्टीको सभापति नै आफूलाई उन्मुक्ति दिन पद लिने हो भने आममानिसले यही आरोप लगाउने ठाउँ रहेको देखिन्छ अधिवक्ता पौडेलले भने, यो विषयले गृहमन्त्रीको विधिको शासनलाई ठाडो चुनौती दिएको छ ।’

    ‘सहकारी ठगी प्रकरणले फौजदारी अनुसन्धानलाई चुनौती दिएको देखिने अधिवक्ता सन्तोष भण्डारी बताउँछन् । ‘सभ्य र सुशासन दिन आएको दलको सिद्धान्त के थियो भन्ने विषय सहकारी प्रकरणले प्रस्ट बनाएको अधिवक्ता भण्डारीको भनाइ छ ।’ यो विषयले फौजदारी न्याय प्रणालीमाथि अन्तर्राष्ट्रिय रूपमा प्रश्न उठ्न सक्छ, अधिवक्ता भण्डारी भन्छन्, ‘कसैलाई शक्तिमा भएकै भरमा उन्मुक्ति र कसैलाई आशंकाको भरमा मुद्दा दर्ता गर्ने गलत नजिर स्थापित भइरहेको छ ।’

    गृहमन्त्री लामिछानेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा उभिएर रवि लामिछाने निर्दोष भएको प्रस्टीकरण दिएका थिए भने एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता बर्हिगमनका कारण कांग्रेसले आक्रमण गरेको आरोप लगाएका थिए । तर, प्रहरीको प्रतिवेदनमै रवि लामिछानेले ऋण लिएको उल्लेख भएपछि एमाले र माओवादीका शीर्ष नेता अझै मौन छन् । एकीकृत समाजवादीले भने सहकारी ठगिको प्रकरणको विषयमा नेपाली कांग्रेसलाई साथ दिएको थियो ।

    कांग्रेसले सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समिति बनाउन पटकपटक जोड दिएको थियो । तर, एमाले र माओवादी छानबिन समिति बनाउँदा सत्ताको अंक गणितको विषयलाई लिएर गृहमन्त्री लामिछानेको बचाउमा उभिएका थिए । सहकारी प्रकरणमा अभियोगपत्रमा लामिछानेको नाम आएको तर प्रहरीले प्रतिवादी नबनाएका कारण गम्भीर प्रश्न सत्तामाथि नै उठेको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई…

    दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा…

    विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको…

    वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑