सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ,१७ मंसिर । । नेपालमा देखा परेको केराको पानामा (टिआर–४) रोग अझै नियन्त्रण हुन सकेको छैन । कैलालीको टीकापुरमा देखिएको पानामा (टिआर–१४) नवलपरासीमा पनि देखिएको छ । नवलपरासीको पाँच वटा केराको बगैँचामा यो फैलिसकेको कुरा असोजमा पुष्टि भइसकेको छ ।
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले पानामा रोगलाई नियन्त्रण गर्न नसकिए पनि यसलाई फैलिनबाट जोगाउनुपर्ने बताए । कैलालीको टीकापुरबाट अन्यत्र यो रोग सरेको छैन तर नवलपरासीको सुस्तामा भारतबाट यो रोग सरिसकेको उनले बताए । नवलपरासी देशकै सबभन्दा ठुलो केराको पकेट क्षेत्र हो । त्यहाँ सात वटा बगैँचामा अध्ययन गरिएकामा पाँच वटामा फेला परेको छ ।
वैज्ञानिक खड्काका अनुसार ३१ प्रतिशत रोग फैलिसकेको भेटिएको उनले बताए । यसलाई नियन्त्रण गर्न नसकिए अवस्था भयावह हुने र केरा व्यवसाय नै ध्वस्त हुने उनले बताए । गुल्मीबाट पनि नमुना प्राप्त भएको छ । त्यसलाई परीक्षण गर्दा केरामा लाग्ने पानामा नै हो तर टिआर–१४ नरहेको उनले जानकारी दिए ।
अरू ठाउँबाट पनि नमुना सङ्कलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यसलाई नियन्त्रण गर्नका लागि प्रदेश तथा स्थानीय सरकार विशेष सव्रिmय हुनुपर्ने त्यसमा कमी देखिएको बताउँदै उनले कैलालीमा यो रोग नियन्त्रण गर्न के के गर्नुपर्ने, कसरी गर्ने हो सबै कुरा सिकाएको सम्झाएको तर त्यस अनुसार काम नभएको गुनासो गरे । देशैभर यो रोग नफैलियोस् र त्यसलाई नियन्त्रण गर्नका लागि प्राविधिक जनशक्ति तयार गरिरहेको उहाँले बताउनुभयो । शुव्रmबारदेखि तीनदिने प्रशिक्षण सुरु भएको छ । कृषि क्षेत्रका प्राविधिक तथा वैज्ञानिकलाई विदेशीले प्रशिक्षण दिइरहेका छन् । गोरखापत्र दैनिक
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा