• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन

      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

      याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

      भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

      नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

      लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

      भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

      रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई, सफल कार्यकालको शुभकामना

      अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

      विराटनगरमा आगजनी–तोडफोडका मुख्य आरोपित ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

      जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

      महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने

      वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

      उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

      रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

    होमपेज /  पत्रपत्रिका

    विद्युत् पोलमा थाम्नै नसकिने तारका गुजुल्टा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० मंसिर १२, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२६ पटक पढिएको
  • इटहरी, १२ मंसिर । केही महिनाअघि इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवश पोख्रेलले आफ्नो क्षेत्रमा लत्रेका तारहरू हटाउने कार्यक्रम सुरु गरेको भनी उद्घोष गरे । केही दिन अभियान चलाएजस्तो पनि गरेर देखाए । सामाजिक सञ्जालमा वाहवाही पनि बटुले । तर, अहिले त्यो अभियान पोख्रेलकै वडा कार्यालयमा थन्को लाग्नुबाहेक केही भएन ।

    न काम, न योजना भनेजस्तै भएको छ । विद्युत् सेवा प्रदान गर्न गाडिएका पोलमा क्षमताभन्दा बढी इन्टरनेटका तार लत्रिएको जो कोहीले सजिलै देख्न सक्छन् । जसका कारण बर्सेनि आगलागीका घटना दोहोरिरहेका छन् भने सहरको पहिचान पनि कुरूप बन्दै गएको छ । पोलहरूमा थाम्नै नसकिने तारका गुजुल्टाले सहर विगत केही वर्षयता कुरूप बन्दै गएको छ । स्थानीय सरकारका प्रतिनिधि तथा विद्युत् प्राधिकरणले नियमित रूपमा अनुगमन नगर्दा र यस विषयमा चासो नराख्दा अव्यवस्थित तारका गुजुल्टाले सहरको स्वरूप बिग्रँदै गएको हो ।

    तारकै कारण वर्षैपिच्छे विद्युत् सर्ट भई आगलागीका घटना हुने गरे पनि स्थानीय सरकारले केही गर्न नसकेको स्थानीय व्यवसायी उज्वल घिमिरे बताउँछन् । विगतका दिनमा आहा सुन्दर नगरी इटहरी भनेर चिनिए पनि अहिले अव्यवस्थित तारकै कारण कुरूप नगरी इटहरी भनेर चिनिन थालेको व्यवसायी घिमिरे बताउँछन् ।

    नेपाल विद्युत् प्राधिकरण वितरण शाखा इटहरीले पनि बिजुलीको पोलमा लत्रिएका अधिकांश इन्टरनेट कम्पनीका तारहरू कामै नलाग्नेगरी बिग्रिएका भए पनि अहिलेसम्म नहटाउँदा व्यवस्थापन गर्न असहज भएको बताएको छ ।

    प्राधिकरणका अनुसार इटहरीस्थित मुख्य राजमार्गमा गाडिएका बिजुलीका पोलमा लत्रिएका तारमध्ये ७० प्रतिशत कामै नलाग्नेगरी बिग्रिएका छन् । काटिएका तार सम्बन्धित इन्टरनेट कम्पनी र केवल सञ्चालकहरूले ननिकाल्दा बिजुलीको पोलहरूमा क्षमताभन्दा बढी तार गुजुल्टिएको देख्न सकिन्छ ।

    पोलमा गत वर्षदेखि आगलागी भई नष्ट भएका तारहरू अझै पनि त्यत्तिकै लथालिंग रहेका छन् भने काटिएका र चुँडिएका तारहरू पनि पोलमै अड्किएर रहेका छन् । इटहरीमा दुई दर्जनबढी इन्टरनेट सेवा प्रदान गर्ने शाखा कार्यालयहरू रहेका छन् भने दर्जनबढी केवल टिभीहरू सञ्चालन हुँदैआएका छन् ।

    यता, तार व्यवस्थापन गर्ने अभियान चलाएका इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवश पोख्रेलले लत्रेका तार व्यवस्थापनभन्दा पनि मुठा पारेर पोलमै राख्ने काम भएको बताए । उनले पोलका तारहरू हटाउन असम्भव रहेको प्रस्ट पारे । वडाध्यक्ष पोख्रेलले आफ्नो अधिकारभित्र रहेर गर्नुपर्ने काम आफूले गरेको र यो अभियान अझै पनि जारी रहने बताए ।

    यता, विद्युत् प्राधिकरण इटहरी शाखाले भने लत्रिएका तारहरू प्राधिकरण र स्थानीय सरकारको रोहबरमा हटाउने काम भइरहेको र केही स्थानमा हटाइसकिए पनि इटहरी राजमार्गसँग जोडिएका तारहरू हटाउन केही कठिनाइ रहेको बताएको छ । सम्बन्धित केवल सञ्चालक, इन्टरनेट शाखा प्रतिनिधिहरूसँग छलफल गरेर तारहरू व्यवस्थित गर्नेतर्फ प्राधिकरण तत्पर रहेको बताइएको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ :…

    धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा…

    भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑