• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

      सुनचाँदीको मूल्य बढ्यो

      अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

      विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

      पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरलाई : पोखरामाथि ८ विकेटको शानदार जित

      उज्बेकिस्तानविरुद्ध कंगोको सान्दार जित, कोलम्बिया र पोर्चुगल बराबरी

      मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज 

      जोर्डनविरुद्ध अर्जेन्टिनाको २–० को अग्रता

      राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन

      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

      याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

      भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

      नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

      लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

      भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

    होमपेज /  पत्रपत्रिका

    तीनकुने शान्त, बल्खु दिनभर तनावग्रस्त

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० मंसिर ८, शुक्रबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २८२ पटक पढिएको
  • काठमाडौँ, ८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालको ब्यानरमा दुर्गा प्रसाईंंले गरेको प्रदर्शन दिनभर तनावपूर्ण बन्न पुग्यो । प्रसाईंले आह्वान गर्ने प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि बिहीबार बिहानैदेखि प्रसाईंका कार्यकर्ता झडपमा उत्रिएका थिए । लाखौं मानिस सडकमा उतार्ने उद्घोष गरेका प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा करिब ७ हजार जनाको उपस्थिति रहेको सुरक्षाकर्मीले आँकलन गरेका छन् ।

    अपराह्न १२ बजेपछि नेकपा एमाले समर्थित युवासंघको मोटरसाइकल -यालीमाथि प्रसाईं समर्थित कार्यकर्ताले ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावपूर्ण बन्यो । तीनकुनेको प्रदर्शनमा हिँडेको युवासंघको टोली र प्रसाईंको कार्यकर्ताको भिडलाई प्रहरीले तितरबितर बनायो । साथै प्रहरीले माइकिङ गर्दै आआफ्नो प्रदर्शन हुने क्षेत्रमा जान भन्यो । त्यसपछि सो झडप केही समयमा रोकियो ।

    झडप रोकिएपछि दुर्गा प्रसाईं प्रदर्शनलाई सम्बोधन गर्न पुगे । उनीसँगै राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि प्रदर्शनलाई सम्बोधन गर्न पुगेका थिए । प्रसाईंंको आन्दोलनलाई लिएर राप्रपामा दुई धार छ । राप्रपाको संस्थापन पक्षले प्रसाईंंप्रति अविश्वास गर्दैगर्दा संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत नेताहरूले समर्थन गर्नुपर्ने पक्षमा खुलेका थिए ।

    पार्टीभित्र दुई धार भइरहेका बेलामा सांसद शाही कार्यक्रममै सहभागी भए । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित अधिकांश नेताहरूले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई ९ मंसिर झापामा लगेर कार्यक्रम गर्दै छन् ।

    भिडलाई सम्बोधन गर्न पुगेका प्रसाईंले सुरुमा आक्रामक भाषण गरेपछि बल्खुको स्थिति तनावपूर्ण बन्न पुगेको थियो । उनले भिडलाई शान्त बनाउन भन्दा पनि उक्साउनमा जोड दिए । प्रदर्शनकारीलाई उत्तेजित बनाउँदै वर्तमान व्यवस्थाको तेजोबोध गर्ने प्रयास गरे । सुरुमै उनले मुलुकमा बस्ने वातावरण नभएको भन्दै दसैंको अष्टमीको दिन पनि नेपालीहरू विदेशमा श्रम गर्न जान बाध्य भएको यथार्थ प्रस्तुत गरे । उनले भने, ‘हामीले रुँदै झोला बोकेर दसैंको अष्टमीको दिन मुलुक छोड्नुपरेको छ, म यसको अन्त्य गर्न चाहन्छु, म त्यसै बोलेको होइन, मभित्र ठूलो पीडा छ ।’

    उनले आफू दुर्गा मातालाई साक्षी राखेर यहाँ आएको भन्दै मर्न तयार रहेको तर नभाग्ने बताए । ‘दुर्गा मातालाई साक्षी राखेर म तपाईंहरूको अगाडि मर्न आएको छु, म मर्न तयार छु, म भाग्न तयार छैन,’ प्रदर्शनकारीलाई उकास्दै उनले भने, ‘म भाग्दिनँ, तपाईंहरूका छोराछोरीलाई स्वदेश फर्काएर यो मुलुकलाई फेरि पुरानो नेपाल बनाउनु छ ।’

    उनले भाषणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरेन्डर गर्न आह्वानसमेत गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष पनि गरे । एमालेले युवासंघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको संगीन आरोपसमेत प्रसाईंले लगाए । उनले ‘यही काण्ड राधिका शाक्यलाई परेको भए के गर्नुहुन्थ्यो हजुरबुबा ?’ भन्दै कटाक्षसमेत गरे । उनले आजबाट जनविद्रोह सुरु भएकोे जिकिर गर्दै विद्रोहको बिरुवा रोपिएको बताए । उनले भोलिबाट नेताहरूलाई जहाँ भेटिन्छ, त्यही भकुर्नु भन्ने उत्तेजक भाषणसमेत गर्न भ्याए ।

    साथै, उनले शुक्रबारबाट आन्दोलन जारी रहने उद्घोष गरे । उनले अब सिंहदरबार र संसद् भवन कब्जा गर्नुपर्छ भन्ने उत्तेजक भाषण गरेपछि प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर कालिमाटी जाने प्रयास गरे । यस अवस्थामा द्विपक्षीय झडप हुनपुग्यो । प्रहरीलाई प्रदर्शनकारीले ढुंगा प्रहार गरे भने प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेर अवस्थालाई नियन्त्रण लिने प्रयास गरिरह्यो । यो अवस्था पटकपटक निम्तिँदा बल्खु क्षेत्र तनावपूर्ण बन्नपुग्यो ।

    प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा ७० प्रतिशतभन्दा बढी मानिसहरू लघुवित्तको ऋण तिर्न नसकेकाहरूको सहभागिता रहेको अनुमान गरिएको छ । न्यून मात्रामा राजावादी र प्रसाईं समर्थित कार्यकर्ता सहभागी सो प्रदर्शन व्यवस्था परिवर्तनभन्दा पनि ऋण मिनाहबाट कसरी मुक्त भइन्छ भन्नेकोे जमात रहेको आँकलन गरिएको छ ।

    प्रसाईंले अहिलेको यस व्यवस्थाले गरिबलाई ऋणमा फसाएको भनेर उत्तेजित बनाए पनि सो आन्दोलनको अर्थ भने अब केही नहुने देखिएको छ । लाखौं मानिस सडकमा उतार्छु भन्ने प्रसाईंको भनाइ ७ हजार मानिसमा सीमित भएको छ । प्रसाईंको प्रदर्शनमा साथ दिनमा लघुवित्तको ऋण लागेका र केही राजावादीबाहेक अरू खासै देखिएनन् । व्यवस्था परिवर्तन गर्ने उद्घोष गर्दै शुक्रबारदेखि आन्दोलन झनै चर्काउने बताए पनि अघिल्लो दिनको उपस्थितिले उनको प्रदर्शनमा सहभागी हुनेको संख्या न्यून हुँदै जाने देखिएको छ ।

    अर्कोतर्फ प्रसाईंको प्रदर्शन मियोबिनाको दाइँजस्तो भएको थियो । प्रसाईंले बोल्दा बीचबीचमा प्रदर्शनकारीले होहल्ला र नाराबाजी गरेपछि उनी आफ्नो भाषण छोट्याउन बाध्य भएका थिए । प्रसाईंले गरेको आन्दोलनको पहिलो दिन न्यून उपस्थितिबीच दोस्रो दिनबाट आन्दोलन चर्काउने भनिरहँदा प्रदर्शनमा सहभागी हुनेको संख्या दैनिक घट्दै जाने निश्चित छ । प्रदर्शनकारीलाई कमान्ड गर्ने र व्यवस्थित नगर्दा प्रहरीसँग पटक–पटक झडपको स्थिति सिर्जना हुनुले पनि उनले नेतृत्व गरेको प्रदर्शनले मूर्त रूप लिने देखिँदैन ।

    यता, तीनकुनेमा भएको एमाले समर्थित युवासंघ नेपालको प्रदर्शन भने शान्तिपूर्ण बनेको थियो । प्रहरीले कुनै हस्तक्षेप गरेन । प्रदर्शनकारीहरू सुरुमा तीनकुनेमा जम्मा भए । त्यहाँबाट कोटेश्वरसम्मको फन्को लगाएर फेरि तीनकुनेमै फर्किए । त्यसपछि त्यहाँ कोणसभा गरियो, जसमा महेश बस्नेतसहित एमालेका विभिन्न जनवर्गीय संगठनका नेताहरूले भाषण गरे ।

    करिब ६ हजारको संख्यामा उपस्थित युवासंघको कार्यक्रममा नेकपा एमालेका नेताहरूको उपस्थित रहेको थियो । प्रदर्शनमा एमालेका नेता महेश बस्नेत, भानुभक्त ढकाललगायतले सम्बोधन गरेका थिए । प्रदर्शनपछि एमालेका कार्यकर्ताले भुइँमा छरिएको फोहोर सफा गरेर आफ्नो गन्तव्यतर्फ लागे । यता, एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नसच्चिए सिंहदबारको कुर्सीबाट ल्याएर सडकमा पछार्ने अभिव्यक्ति दिए ।

    उनले भने, ‘हामीले कानुन मान्यौं, निषेधित क्षेत्र तोडेनौं प्रचण्डजीलाई पनि चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुभएन भने तपाईंको ३२ सिटे पार्टी र तपाईं जोगिन नेपाली जनताको भविष्य अन्धकारमय बनाउनुभयो भने सिंहदबारको कुर्सीबाट ल्याएर माइतीघरमा होकि तीनकुनेको सडकमा पछार्ने हो, त्यो तागत एमालेसँग छ ।’ यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका…

    सुनचाँदीको मूल्य बढ्यो

    अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

    विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    आर्थिक

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑