• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

      विद्यालाई विचमा राखेर एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ खनाल

      बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

      सुरक्षा निकायलाई पत्तै नदिई बारा र पर्साका नाकामा गृहमन्त्री गुरुङको ‘छड्के अनुगमन’

      संयुक्त कक्षामा कोचिएर पढ्छन विद्यार्थी, शौच गर्न खेतबारीतिर दौडिन्छन् 

      १५ कठ्ठा जग्गा र पशुचौपाया बेच्दापनि पुगेन उपचार खर्च, श्रीमती बचाउन इनरदेवलाई ६० लाखको खाँचो

      प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

      शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

      सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

      भेनेजुएलामा भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो 

      प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

      ज्ञानेन्द्र शाही उम्भिए जनताको पक्षमा, भने– ट्राफिक लाइट र खाल्टो नबनाउने सरकारलाई पनि जरीवाना गर्नुपर्छ

      फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

      सुनचाँदीको मूल्य बढ्यो

      अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

    होमपेज /  पत्रपत्रिका

    एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० मंसिर ७, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३९० पटक पढिएको
  • काठमाडौँ, ७ मंसिर ।  नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बुधबार काठमाडौंको छुट्टाछुट्टै ठाउँमा प्रदर्शन गर्ने भएका छन् । ७ मंसिरमा दुवै पक्षले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनीमार्गदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा जारी गरेको छ ।

    प्रशासनले झडपको सम्भावनालाई मध्यनजर गर्दै शान्ति सुव्यवस्था कायम गर्न भन्दै दुवै पक्षलाई फरक–फरक ठाउँमा प्रदर्शनका लागि सीमा तोकिदिएको छ । दुई फरक ठाउँमा प्रशासनले प्रर्दशनका लागि सीमा तोकिदिएपछि सम्भावित मुडभेड हुने सम्भावना भने टरेको छ । तर, प्रशासनले चोकचोकमा सुरक्षा व्यवस्था भने कडाइ गरेको छ । सुरक्षाकर्मीले सीमा नाकाबाट भित्रने सवारीसाधनमा एक सातादेखि चेकजाँचमा कडाइ गर्दै आइरहेको छ ।

    जिल्ला प्रशासनले प्रदर्शनका लागि ठाउँ तोकिदिएपछि एमालेका तर्फबाट तीनकुनेमा हुने प्रदर्शनमा एमालेका नेता महेश बस्नेतले नेतृत्व गर्ने तयारी छ । प्रदर्शनमा ५० हजार मानिस सहभागी गराउने एमालेको भ्रातृसंगठन युवा संघले दाबी गरे पनि विभिन्न संगठनका संगठित भएका २५ हजार कार्यकर्ता उतार्ने तयारी गरिएको छ ।

    त्यस्तै, जिल्ला प्रशासनले दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको प्रदर्शनलाई काठमाडौंको बल्खुमा शान्तिपूर्ण प्रदर्शन गर्न दिने निर्णय गरेको छ । प्रसाईंको प्रदर्शनमा विभिन्न जिल्लाबाट भेला भएर आउनेको संख्या करिब २० हजारको हाराहारीमा हुने अनुमान गरिएको छ । नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ ।

    काठमाडौं प्रदर्शनमा उतार्न प्रसाईंका पक्षमा लघुवित्तबाट ऋण लिएका र राजावादीको समूह रहने छन् । प्रदर्शन गर्न राजावादीले सचिवालय समिति नै गठन गरेर एक साताअघिदेखि काठमाडौंमा खाना र बस्ने व्यवस्था समेत गरिसकेका छन् ।

    दुर्गा प्रसाईंंको नेतृत्वमा आन्दोलनलाई राजावादी संगठन ‘वीर गोर्खाली अभियान’ले सहयोग गर्ने घोषणा गरेको छ । वीर गोर्खाली अभियानले एक प्रेस वक्तव्य जारी गर्दै बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो । अभियानले २०४७ सालको संविधान पुनस्र्थापनाको माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार काठमाडौं, चितवन, बुटवल, पोखरा, हेटौंडालगायत देशभरका विभिन्न सहरमा अभियानले कार्यक्रम गरिरहेको सौरभ भण्डारीले बताए ।

    सरकार सो प्रदर्शनको अवस्था हेरेर रणनीति तयार गरिरहेको बुझिएको छ । सरकार सो प्रदर्शनबाट त्रसित नभए पनि सम्भावित जोखिम र दुर्घटना हुन सक्ने’bout सचेत रहेको एक मन्त्रीले बताए । सामाजिक सद्भाव नभड्कियोस् र झडपको अवस्था नआसोस् भनेर सरकारले सुरक्षाफौजलाई तयारी हालतमा राखेको छ ।

    दुर्गा प्रसाईं भने यो प्रदर्शन चर्काउने रणनीतिमा रहेको बुझिएको छ । राजावादी र लघुवित्त ऋणीको आडमा प्रदर्शन गर्न गइरहेका प्रसाईंले पार्टी प्यालेस र होटेलमा आफ्ना समर्थक राख्न सबै तयारी गरेका छन् । प्रसाईंले सञ्चारमाध्यममा बोलेको भनाइ हेर्ने हो भने पनि यो प्रदर्शन एक सातासम्म जान सक्ने बताएका छन् । उनले जिल्ला जिल्लामा पनि प्रदर्शन गर्ने बताइरहेका छन् । प्रसाईंको सो भनाइले सत्तारूढ दलका नेता केही सचेत त छन् नै प्रमुख प्रतिपक्ष दल एमाले पनि त्रसित छ ।

    त्यसैले ७ मंसिरमा तीनकुनेमा हुन लागेको प्रदर्शन प्रसाईंलाई काउन्टर दिन महेश बस्नेतको नेतृत्वमा गर्न लागिएको हो । प्रर्दशनमा भ्रष्टाचार, अनियमितताको विषयलाई उठाए पनि सिंगो एमाले एउटा प्रसाईंविरुद्ध लागिरहेको देखिन्छ । प्रसाईंले अहिले आफ्नो आन्दोलन चर्काउन व्यवस्था परिवर्तन गर्ने भन्दै मानिसलाई उक्साइरहेका छन् । राजतन्त्र फर्काउने, नेपाललाई हिन्दु राज्य बनाउने र अहिलेको संघीय व्यवस्था खारेजको मागसहित राजावादीको आडमा प्रसाईं प्रदर्शनमा उत्रिएका छन् ।

    प्रसाईंं एक व्यक्ति हुन् । उनको पछाडि केही युट्युबर छन् । राजावादी र लघुवित्तको ऋणमा डुबेका पूर्णरूपमा जनसमर्थनमा उनको अभियान चलेको छ । प्रमुख प्रतिपक्ष एमालेले एक व्यक्तिसँग प्रतिस्पर्धा गरेर के प्रमाणित गर्न खोजिरहेको छ अहिले कसैले बुझ्न सकेका छैनन् । पहिला माओवादी र एमालेबाटै पालितपोषित प्रसाईं अहिले उनीहरूका लागि टाउको दुःखाइ बनिरहेको छ ।

    एमालेको भ्रातृसंगठन युवा संघका कार्यकर्ताले दुर्गा प्रसाईंंमाथि कालोमोसो फ्याक्ने हर्कत गरे । त्यसपछि आमनेसामने भएका हुन् प्रसाईंं र महेश बस्नेत । दुर्गा र महेश भिड्दासम्म यो व्यक्तिगत इगोको लडाइँ थियो । तर, ७ गतेको प्रदर्शनलाई एमालेले स्वामित्व लिएपछि अब एमालेको इज्जत दाउमा लागेको छ ।

    प्रहरीले ड्रोनबाट बल्खुको प्रदर्शनको सुरक्षा निगरानी राख्ने
    सम्भावित झडप र क्षति हुन सक्ने आँकलन गर्दै प्रहरीले ड्रोनबाट प्रसाईंले नेतृत्व गर्ने प्रदर्शनस्थलको सुरक्षा निगरानी गर्ने भएको छ । बल्खुमा हुने प्रदर्शनको प्रहरीले चाहिँ ड्रोन प्रयोग गरेर सुरक्षा निगरानी राखिने काठमाडौं एसएसपी भूपेन्द्र खत्रीले बताए ।

    काठमाडौं प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुईवटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शनस्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।

    सुरक्षा व्यवस्था कडा
    ७ मंसिरमा नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईंंले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका छन् । उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए ।

    प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १ हजार ५ सय ८८ सशस्त्र प्रहरी परिचालित हुने छन् । काठमाडौंमा २ हजार ६ सय ३७ प्रहरी, ललितपुरमा ५ सय ६४ प्रहरी र भक्तपुरमा ४ सय ४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरिएको छ ।

    ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९ सय ७८ जना ट्राफिक प्रहरी परिचालित हुने छन् । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजनाअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुने छन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ…

    नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक…

    विद्यालाई विचमा राखेर एउटै मञ्चमा देखिए ओली, प्रचण्ड,…

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ…

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    आर्थिक

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑