• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट

      कांग्रेस मोरङले भन्यो : हामीले पार्टीभित्र एकता चाहेका हौं

      जेनजी सांसदलाई प्रधानमन्त्रीले भने- ‘आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नुस्’

      यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा

      ‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड

      अर्थमन्त्री डा.वाग्ले भारतमा, आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणका बारेमा छलफल जारी

      नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट : यसबर्ष दुई हजार २५ बढीले लिए अनुमति

      ‘झिङ्गेदाउ–२’ :आँचलको अभिनयमा निखार र परिपक्वता

      प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति भइरहेको छ : उपाध्यक्ष भट्ट

      १ अर्ब ५७ करोडको हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

      संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्‌– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’

      काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन

      भोटेकोशी बाढीको पीडा : शवसमेत नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका नौ जनाको अन्तिम बिदाइ

      नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन

      बाढी–पहिरोले मुख्य राजमार्गहरू प्रभावित : कहाँ बन्द, कहाँ खुल्यो ?

    होमपेज /  कृषि / पशुपालन

    “कृषि र भेटेरिनरी सेवालाई मर्यादित पेशा बनाउन स्थानीय सरकारको भुमिका”

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ आश्विन ६, बिहिबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २४०९ पटक पढिएको
  • अभिमन्यु चौधरी, काठमाडौं । लामो समयदेखिको राजनैतिक संक्रमणकाल समाप्ति सँगै कायम भएको राजनैतिक स्थानीत्त्वले राष्ट्रलाई संघीय संरचनामा परिणत गरेको छ । सबै राजनीतिक पार्टीका चुनावी घोषणापत्रमा कृषि को चौतर्फी विकास गर्ने, कृषि क्रान्ति गर्ने, वैज्ञानिक भुमिसुधार लागू गर्ने, विदेश पलायन भएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने लगायतका कुरा भए पनि बजेटको कुरा आउँदा पछाडि हट्ने प्रवृत्ति छ ।

    लामो समय पछिको रस्साकसीका बाबजुद करिब तीन वर्षको छलफल पश्चात् कृषि तथा प्राकृतिक श्रोत समितिले संसदमा पेश गरेको ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऎन २०७६’ संसदबाट पास भएको छ । यो ऎन पास भए सँगै देशका कुना कन्दरामा कृषकको सेवामा रहेको प्राविधिक जनशक्तिलाई वैध हुने बाटो त खुलेको छ, तर कार्यन्वयनको पाटो भने जटिल छ ।

    देशको भु–बनोट, विविधतायुक्त प्रकृति, क्रियाशील जनशक्ति र स्थानीय श्रोत साधनहरुको उचित परिचालन गरि कृषि क्षेत्रको चौतर्फी विकास गर्न तीनै तहका सरकारहरु जागरुक देखिन्छन्, । संघ र प्रदेश तहका कृषि मन्त्रालयहरुले आफ्ना रणनीति, कार्यनीति र योजनाहरु अघि सारी कार्यन्वयन तर्फ बढेता पनि स्थानीय तहका संयन्त्रहरु अपेक्षा अनुरुपको क्रियाशील नभई दिंदा ती योजनाहरु प्रभावकारी बन्न पाएका छैनन्, कृषि क्षेत्रको विकासमा समस्याको रुपमा हरेकजसो प्राविधिक देखि किसानले बजेट अभाव देखाईरहेको पाईन्छ ।

    के कृषि तथा पशु सेवामा बजेट अभाव नै हो त ?

    देश संघीयतामा गएपछि जिल्ला तहबाट हुने कृषि तथा पशु सेवाका कार्यक्रम र केही विशेषज्ञ सेवा नगरपालिका र गाउँपालिकाको केन्द्र सम्म पुगे । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय सम्म पहुँच नपुग्ने केही किसानहरु प्राविधिकको पहुँचमा पनि पुगे । हाल विभिन्न स्थानीय तहहरुको बजेट हेर्दा बजेटको पर्याप्तता नदेखिए पनि बजेटको मात्रा भने बढेको देखिन्छ ।

    यसरी हेर्दा बजेटको कमि पनि खासै देखिदैन तर स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकले काम गर्ने र वार्षिक रुपमा बनाउने कार्यक्रममा केही सुधार गर्नु पर्ने अवस्था भने पक्कै पनि देखिन्छ । कृषि र भेटेरीनरी सेवालाई मर्यादित पेशा बनाउन र किसानको जीवनस्तर सुधार गर्न सुधार गर्नु पर्ने धेरै पाटाहरु छन् । केही पाटाहरु यहाँ चर्चा गरिएको छ ।

    १. पशुपालन क्षेत्रमा भित्रिएका विभिन्न नयाँ प्रविधिको प्रयोगमा स्थानीय सरकार र त्यहाँ कार्यरत प्राविधिकले जोड दिनु पर्ने देखिन्छ । कृत्रिम गर्भाधान सेवालाई थप व्यवस्थित बनाउदै अल्ट्रासाउन्ड मेसिनको प्रयोग, व्यावसायिक पशुपालन फार्महरु स्थापना गरि पशु वस्तु बस्नलाई म्याटको व्यवस्था लगायत अन्य प्रविधिको प्रयोग गरि परम्परामुखी पशुपालनको क्षेत्रलाई व्यवस्थित गर्दै लैजान सकिन्छ ।

    २. विगत देखि संचालनमा रहेको कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रको अवस्था अहिले झन नाजुक छ । यी सेवा केन्द्रहरु प्राथमिक भेटेरीनरी अस्पताल र कृषि सूचना केन्द्रको रुपमा विकास गर्न जरुरी छ ।

    ३. स्थानीय स्तरका किसानको पहुँचमा रहेका कृषि तथा पशु सेवा केन्द्रहरुमा अहिले सामान्य माटो परिक्षण, गोबर परिक्षण, पिसाब परिक्षण, बीउको शुद्धता परिक्षण लगायतका परिक्षणहरु गर्ने गरि आधारभूत कृषि प्रयोगशाला बनाउने खालका कार्यक्रमलाई अगाडि बढाउन जरुरी देखिन्छ ।

    ४. पालिका स्तरमा किसानको वर्गीकरण मुख्य कुरा हो । कुन किसानले कहिले देखि कस्तो प्रविधि प्रयोग गरेर आफ्नो पेशा गरेका छन् र अनुदान मात्र खाने किसान हुन् कि किसान भएर अनुदान खाएका छन् र यस्ता कुरालाई प्राथमिकता दिदै अनुगमनका संयन्त्रलाई परिचालन गर्नु पर्ने देखिन्छ ।

    ५. अहिले केही अनुदान बिचौलियाहरुले कमाई खाने भाडो भएको पनि छ । हाम्रो छनौट प्रक्रिया नै त्रुटिपूर्ण हुने, अनुगमन फितलो हुने, अनुदान ग्राहीले अनुदान रकमको दुरुपयोग गरेमा सरकारी बाँकी सरह असुल उपर गर्न नसक्नु जस्ता थुप्रै कारणहरुले कतिपय व्यक्तिहरु अनुदान पाउँदा सम्म कृषि र पशुपालन पेशा अगाल्ने र अनुदान आउन छोडे पछि पेशा नै परिवर्तन गर्ने गरेको देखिन्छ । यस्ता व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन जरुरी छ ।

    ६. केही व्यवसायिक किसानका धारणा बुझ्दा उनीहरूलाई अनुदान भन्दा २–३ प्रतिशतमा पाइने सहुलियतपूर्ण ऋण आवश्यक देखिन्छ । यस्ता ऋणहरु बैंक तथा वित्तीय संस्थाबाट सहज र सरल तरिकाबाट उपलब्ध गराउन स्थानीय सरकार धितोको रुपमा बसी किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएमा कृषि तथा पशुपालनमा थप सुधार हुने देखिन्छ ।

    ७. कृषि शाखा र पशु सेवा शाखाबाट हुने जुनसुकै कार्यक्रमहरु वितरण मुखी नभएर उत्पादनमुखी त आत्मनिर्भर उन्मुख बनाउन जरुरी देखिन्छ ।

    ८. सबै स्थानीय तहहरुले आफ्नो कृषि तथा पशुपालनको नीति तथा कार्यक्रम कति वर्ष भित्र कुन कृषि तथा पशु उत्पादनमा आत्मा निर्भर हुने हो ? पालिकालाई के को श्रोत केन्द्र बनाउने भन्ने लगायतका स्पष्ट खाका तयार पारी अगाडि बढ्नु पर्ने देखिन्छ ।

    ९. आकासे भरमा खेती हुने र सिचाइको सुबिधा नभएका खेतीयोग्य जग्गाहरुमा सिचाइको व्यवस्था गर्न सक्नुपर्द्छ । अनुदान ग्राही कृषकलाई साना, मझौला र ठूलो गरि सुचिकृत गर्नुपर्छ ।

    कृषि क्षेत्र देशको आर्थिक विकास र देशको अर्थतन्त्र बढाउने एक महत्त्वपूर्ण क्षेत्र हो । यसले कुल जनसंख्याको ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जीडीपीमा करिब २५ प्रतिशत भन्दा बढी योगदान छ । त्यसैले कृषि क्षेत्रको विकास राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण छ । नेपालीको संविधान २०७२ ले स्थानीय सरकारलाई संविधानको अनुसूची ८ मा कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य र सहकारी जस्ता महत्त्वपूर्ण अधिकार सुची बनाएर दिईएको भए तापनि आज ७५३ स्थानीय तहहरुमध्ये थुप्रैले कृषिलाई प्राथमिकतामा नराख्नु गम्भीर र सोचनीय विषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    ग्रामीण क्षेत्रका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट

    कांग्रेस मोरङले भन्यो : हामीले पार्टीभित्र एकता चाहेका…

    जेनजी सांसदलाई प्रधानमन्त्रीले भने- ‘आफ्नो पुस्ताका लागि स्वदेशमै…

    यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित…

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑