• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १ अर्ब ५७ करोडको हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

      संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्‌– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’

      काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन

      भोटेकोशी बाढीको पीडा : शवसमेत नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका नौ जनाको अन्तिम बिदाइ

      नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन

      बाढी–पहिरोले मुख्य राजमार्गहरू प्रभावित : कहाँ बन्द, कहाँ खुल्यो ?

      समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ : कानुनमन्त्री गौतम

      सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

      एलपी ग्यासको मूल्य घट्यो

      ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

      एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

    होमपेज /  समाचार

    नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २१ पटक पढिएको
  • असोज ३ अर्थात भोली शनिवार नेपालको संविधान २०७२ जारी भएको दश वर्ष पुरा भएर ११ औ वर्ष प्रवश गरेको दिन हो । सविधानबारे विभिन्न कोणबाट वहस प्रारम्भ भएका छन् र वहस चल्ने क्रम जारी छ । सविधानमा उल्लेखित जनताका अधिकारको सन्दर्भ वहसको यस्तै एक कोण हो । यस्तै जनअधिकारसँग सम्बन्धित वहसको एक प्रमुख विषय हो प्रेस सवतन्त्रता । नेपालको संविधानमा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ र अन्तर्राष्टिय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अभिसन्धी १९६६का आधारमा प्रेससम्बन्धी व्यवस्था गरिएको छ । नेपालको संविधानको प्रस्तावनामा ‘पूर्ण प्रेस स्वतन्त्रता’ भन्ने स्पष्ट लेखिएबाट नेपालमा यस विषयमा कति महत्व दिइएको रहेछ भन्ने स्पष्ट हुन्छ । नेपालको संविधानमको धारा १७ को उपधारा (२)को खदण्ड (क)मा विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा १९ मा सञ्चारको हक, धारा २७ मा सूचनाको हक र धारा २८ मा गोपनीयताको हकसम्बन्धी व्यवस्था छ ।

    वास्तवमा संविधानका यिनै प्रावधानले प्रेस स्वतन्त्रतालाई सम्बोधन गर्ने प्रयत्न गरेको छ । संविधानले स्पष्ट व्यवस्था गरे पनि आवश्यक कानुन तर्जुमा हुन नसक्दा प्रेसले स्पष्ट दिशा प्राप्त गर्न नसकेको कुरालाई अस्वीकार गर्न सकिँदैन । यसैमध्येको एउटा हो प्रेस काउन्सिलसम्बन्धी व्यवस्था । काउन्सिलको ऐन २०४८ कै हो । यसमा संशोधन गनुृपर्ने वा पुनर्लेखन गरिनुपर्ने कुरा निकै अघिदेखि उठेको हो । यो कानुनको तुलनामा संविधान नयाँ छ । यस आधारमा यो कानुनले संविधानको मर्मको पूर्ण पालना गर्न नसकेको मान्न सकिन्छ । काउन्सिलको विधेयक तयार भएक्‌ो निकै भइसके पनि आमसहमति जुट्न नसक्दा र विगतका सरकारको प्राथमिकतामा पर्न नसक्दा यो कानुन निर्माणको प्रक्रियाले पूर्णता पाउन सकेको छैन । पछिल्लो समयमा सरकराले पुनः प्रेस काउन्सिलसम्बन्धी कानुन निर्माणको प्रक्रियालाई तीव्रता प्रदान गर्न खोजेको देखिएको छ । यसै क्रममा छलफलका केही प्रक्रिया सुरु गरिएका छन् जसलाई सकारात्मक मान्नुपर्छ । यहाँ यस आलेखमा त्यसै विषयसँग सम्बन्धित केही विषयमा सरोकारवालाको ध्यानाकर्षणको प्रयास गरिएको छ ।

    नेपालमा सैद्धान्तिक र कानुनीरुपमा २०२७ सालदेखि पत्रकार आचारसंहिता अस्तित्वमा छ । यसै वर्ष प्रेस काउन्सिल नेपाल विधिवतरुपमा स्थापना भएको थियो र यसै वर्षदेखि नेपाली पत्रकारको आचारसंहिता नियमनको जिम्मेबारी काउन्सिलले निर्वाह गर्दै आएको छ । तर पछिल्लो समयमा विश्वमा आचारसंहिताको अवधारणाबारे विभिन स्तरमा फरक ढंगल वहस प्रारम्भ भएका छन्, नेपाल पनि यस्तो वहसबाट अछुतो रहन सक्दैन ।

     

    मिडिया र मिडियार्काीका लागि आचारसंहिताको कार्यान्वयन् निकै महत्वपूर्ण हुन्छ । आचारसंहिताको कायाृन्वय्‌न्‌ले जहाँ एकातिर मिडियालाई विश्वसनीय र प्रभावकारी बनाउन सहयोग पुर्याउँछ भने अर्कोतिर देश र समाजप्रति जिम्मेबार र उत्तरदायी बन्न पनि प्रेरित गर्दछ । आचारसंहिताको पालन एउटा सञ्चारगृहका लागि जति महत्वपूर्ण हुन्छ मिडियाकर्मी अर्थात् सञ्चारकर्मीका लागि पनि त्यति नै महत्वपूर्ण हुन्छ । यसले एकजना सञ्चारकर्मी वा पत्रकार कति व्यवशायिक र आफ्‌नो पेशाप्रति कति जिम्मेबार छ भन्ने कुराको मापन पनि गर्दछ ।

    परिवर्तित अवधारणाअनुसार लोकतन्त्रमा मिडियालाई वलजफ्‌ती नियन्त्रणको प्रयासको साटो उसलाई स्व–नियमनको बाटोमा डोर्याउन उत्प्रेरणाको बाटो लिनु श्रेयस्कर हुन्छ । मिडियामा स्व–नियमनको विषय अहिले विश्वव्यापी चर्चामा छ । नेपालमा अलि ढिलो गरी वहस प्रारम्भ भएको स्व–नियमनको सन्दर्भले सरोकारवालालाई हालका दिनमा सोच्न उत्प्रेरित गरेको छ । स्व–नियमनलाई ‘सेन्सरसिप’ अथवा ‘सेल्फ सेन्सरसिप’का रुपमा बुझ्‌नु हुदैन । तर यस सम्बन्धमा बुझाइमा फराकिलोपन विकसित गर्नु आवश्यक छ । नेपालमा यदाकदा स्व–नियमनलाई स्व–नियन्त्रणका रुपमा पनि बुझ्‌ने गरिएको छ, जो गलत हो । मिडियमा स्व–नियमनको सामान्य अर्थ भनेको मिडिया र मिडियाकर्मीले उत्तरदायी र जिम्मेबार भई आफ्‌नो काम र भूमिका आफै निर्देशित गर्नु हो । यस प्रक्रियामा राज्यको हस्तक्षेप नहुने वा न्यून हुने अपेक्षा गरिन्छ । यस अवधारणाअन्तर्गत, मिडिया र मिडियाकर्मीको काम, दायित्व, नीति आदी स्वयंले परिभाषित गरी त्यसको परिपालन गर्नुपर्ने मान्यता छ । यस आधारमा हेर्ने हो भने यो विषय मिडिया आचारसंहितासँग सम्बधित छ भनेर बुझ्‌ने प्रयत्न गरिँदा अस्वाभाविक हुँदैन ।

    लोकतन्त्र स्वयंममा वर्तमानको तुलनामा भविष्यमा सँधै विकसित हुँदै जाने र त्यसका लागि आवश्यक मूल्य–मान्यता स्वीकार गर्दै गतिशील रहने व्यवस्था हो । मिडिया लोकतन्त्रको एक महत्वपूर्ण र अनिवार्य आधारशीला हो । मिडियाले शासन र आम जनतालाई जोडने काम त गर्दछ नै स्वतन्त्र र जिम्मेबार मिडियाको उपस्थितिमा राज्यले जनताको दृष्टिकोण, उसका आवश्यकता र शासन सञ्चालनका सम्बन्धमा उचित सुझाव प्राप्त गर्ने अपेक्षा गरिन्छ । यस्तै आमजनताले मिडियामार्फत् राज्यका गतिविधिलगायत आवश्यकताका जानकारी प्राप्त गरी अर्थात् सुसूचित भई आफू सुदृढ हुने अवस्थाको निर्माणको अपेक्षा गरिन्छ । यो विषय मिडिया अर्थात् प्रेसको आलोचना गर्न पाउने कुरासँग सम्बन्धित छ । यो विषय राज्यलाई जिम्मेबार, उत्तरदायी र पारदर्शी बनाउने कुरासँग पनि जोडिएको छ । आफ्‌नो यो भूमिका प्रेसले निर्वाधरुपमा सञ्चालन गर्न सक्ने वातावरणको निर्माण गरिनुपर्दछ । राज्य यस कार्यमा सहयोगी हुनु अपरिहार्य छ । राज्यले मिडियाको यो स्वतन्त्र भूमिका निर्वाहमा कुनै पनि प्रकारको अवरोध सिर्जना गर्दछ भने त्यसले लोकतान्त्रिक मूल्य–मान्यताको अनुशरण गरेको ठहरिने छैन । राज्यको यस्तै सहजकरणीय भूमिकाका आधारमा पछिल्लो दिनमा उदार लोकतन्त्रको कुरा गर्न थालिएको हो ।

    यसको अर्थ मिडियालाइ आलोचना गर्न पाउने अधिकारका आडमा जे पनि गर्न पाउने (अधिकारको दुरुपयोग) छुट छ भन्ने बुझिनु हुँदैन । छुट हुनु पनि हुँदैन । यस्तोमा प्रश्न उठ्न सक्छ, प्रेसको भूमिकाको अनुगमन र मूल्यांकन कसले गर्ने ? राज्य स्वयंले प्रेस नियमनको कार्य गरेको अवस्थामा जनताको विचार तथा अभिव्यक्ति एवं सुसूचित हुने स्वतन्त्रताको उल्लघंन हुने सम्भावना हुन सक्छ । विश्वमा यस्ता थुप्रै उदाहरण पाउन सकिन्छन् । विगत कोट्याउने प्रयत्न गर्ने हो भने नेपालमै पनि यस्ता अनेकौं उदाहरण छन् । विश्वभरि उदार लोकतन्त्रको पक्षमा वहस चलिरहेको वर्तमान सन्दर्भमा प्रेस नियमनमा राज्यको भूमिकालाई उचित मान्न सकिँदैन । प्रेस नियमनमा राज्यको हस्तक्षेपकारी भूमिकाको अवस्थामा जहाँ एकातिर समग्र लोकतन्त्र नै कमजोर हुन्छ भने अर्कोतिर व्यक्तिका मौलिक अधिकारहरु पनि कुण्ठित हुने सम्भावना रहन्छ । यसै परिप्रेक्ष्यमा अस्तित्वमा आएको हो मिडियमा स्व–नियमनको अवधारणा । प्रेसको स्व–नियमनको कुरा गर्दा यो सञ्चारसम्वद्ध संस्था र आम पत्रकारसँग सम्बन्धित छ ।

    यस पृष्ठभूमीमा प्रेसले आफ्‌नो दायित्व र सम्पादकीय नीति स्वयंले तय गरी कार्यान्वयन गर्नुपर्ने अपेक्षा गरिन्छ । सारमा सञ्चारसम्बद्ध संस्थाले आफ्‌नो सम्पादकीय नीति तय गरी सार्वजनिक गर्नुपर्छ । यस्तै सञ्चारकर्मी र पत्रकार स्वयंले पनि आफ्‌नो सीमा निर्धारण गर्नु जरुरी हुन्छ । मसिनो गरी विश्लेषण गर्ने प्रयास गरिएका खण्डमा यो विषय नैतिकता र आचारसंहितासँग सम्बन्धित रहेको पाउन सकिन्छ । स्व–नियमनको अर्थ सम्वद्ध संस्थाले आफ्‌नो सम्पादकीय नीति निर्माण गर्नुसँग मात्र जोडिएको छैन बरु त्यसको सार्वजनिकीकरणसँग पनि सम्बन्धित छ । सार्वजनिक गरिएको त्यस्तो नीति आफ्‌ना उपभोक्तसँग पुर्याउनुपर्ने दायित्व पनि सम्बद्ध सञ्चार संस्थाको हो । यस आधारमा उपभोक्ताले सम्बद्ध मिडियाले आफ्‌नो सम्पादकीय नीतिको अनुशरण गरेको वा नगरेको मूल्यांकन गरी अनुशरण नगरिएको अवस्थामा उजुरी–गुनासो गर्न पाउनुपर्ने र त्यसको उचित सम्बोधन हुनुपर्ने मान्यता पनि स्व–नियमनको हो । यसका लागि उजुरी सुन्ने र कार्यवाही गर्ने स्वतन्त्र निकायको उपस्थितिको अपेक्षा पनि यो अवधारणाले गर्दछ । यस आधारमा भन्ने हो भने स्व–नियमनको उद्देश्य प्रेस स्वतन्त्रताको रक्षा गर्नु, जिम्मेबार र उत्तरदायी प्रेसको निर्माण गर्नु र उपभोक्ताको हीत रक्षा गर्नु हो भन्न सकिन्छ । सबभन्दा महत्वपूर्ण कुरा यो अवधारणाले सूचनाको विश्वसनीयता अभिवृद्धि गरी प्रेसको भूमिकालाई सशक्त बनाउन सहयोग गर्ने विश्वास गरिन्छ ।

    नेपाली प्रेस र प्रेसकर्मीको अवस्था तथा मनोदशाको विश्लेषण गर्ने हो भने हामी यो अवधारणाबाट अलग र्छौ भनेर भन्न सकिँदैन । फरक के मात्र हो भने हामी यसको सैद्धान्तिक वहसमा अलि ढिलो गरी मात्र सहभागी भएका हौ । माथि उल्लेख गरिसकियो, सारमा यो अवधारणा सम्पादकीय नीति र आचारसंहिता निर्माण, त्यसको कार्यान्वयन र उजुरी सुन्ने निकायको उपस्थितिमा गुनासो सम्बोधनसँग सम्बन्धित छ । नेपालमा पनि पत्रकारका लागि आचारसंहिता निर्माण भएको लामो समय वितिसकेको छ । यस्तै गुनासो सम्बोधनको प्रयोजनार्थ प्रेस काउन्सिलको स्थापना भएको पनि निकै भइसकेको छ । केही सञ्चारमाध्यमले शैली पुस्तिकामार्फत् आंशिकरुपमै भए पनि सम्पादकीय नीतिको तर्जुमा गरेका छन् । यति हुँदाहुँदै पनि सैद्धान्तिकरुपमा नेपालमा स्व–नियमनको मान्यतालाई पूर्ण आकार प्रदान गर्न सकिएको छैन । यतिमात्र होइन नेपालमा यसबारे सार्थकरुपमा वहस पनि प्रारम्भ हुन सकेको छैन ।

    शैली पुस्तिकालाई अपवाद मान्ने हो भने नेपाली सञ्चारसम्वद्ध संस्थाले आफ्‌नो सम्पादकीय नीति स्पष्ट ढंगले निर्माण गरेका छैनन्, सार्वजनिक गर्ने कुरा त परकै भयो । शैली पुस्तिकालाई सम्पादकीय नीतिको पुर्ण दस्तावेज मान्न सकिँदैन । यस्तै नेपाली पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा अपवादबाहेकका सञ्चार संस्थाले आचारसंहिता पनि निर्माण गरेको पाइँदैन ।

    नेपालमा प्रेस काउन्सिल गठन र सञ्चालनमा प्रत्यक्षरुपमा सरकारको उपस्थिति छ । यस आधारमा प्रेस काउन्सिललाई राज्यको अंगका रुपमा बुझियो भने त्यसलाई अन्यथा मान्न मिल्दैन । यस्तोमा नेपालको पत्रकार आचारसंहिताको निर्माण र कार्यान्वयन्‌मा राज्यको हस्तक्षेपकारी भूमिका कायम भएको मान्न सकिन्छ । यस्तो संयन्त्रको उपस्थितिमा स्व–नियमनको अवधारणाको पालना हुन कठीन हुन्छ । यसको साटो सञ्चारमाध्यम, पत्रकार, उपभोक्ता, विज्ञापन एजेन्सी, विज्ञापनदाता, नागरिक समाज, प्रवुद्ध वर्गको सहभागितामा राज्यको हस्तक्षेप नहुने गरी स्वतन्त्र प्रेस काउन्सिलको गठन आवश्यक छ ।

    अमेरिका र युरोपलगायतका पश्चिमा देशमा सञ्चार संस्थामा ‘एम्बुड्सपर्सन’ को अवधारणा कार्यान्वयनमा ल्याइएको पाइन्छ । यो स्व–नियमनकै एक संयन्त्र हो । एम्बुड्सपर्सनले उपभोक्तका तर्फबाट गुनासो स्वीकार गरी त्यसको छानवीन गर्ने र सम्पादकीय समूहलाई त्यसको जानकारी गराई सम्बोधनको प्रयत्न गर्ने गर्दछ । नेपालमा मिडियाबाहेकका केही क्षेत्रमा एम्बुड्सपर्सनको अवधारणा–कार्यान्वयन्‌को प्रयोग गरिएको पाइएको छ । यसको सकारात्मक परिणामको मूल्यांकन गरिएको छ । सञ्चार नीति २०७३ ले स्व–नियमनको अवधारणालाई औपचारिकरुपमा स्वीकार गरिसकेको अवस्थामा अब यसबारे वहस कार्यान्वयन्‌मा जुट्नु जरुरी छ ।

    लेखक झा नेपाल न्युज बैंकका प्रमुख सम्पादकीय सल्लाहकार हुन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    १ अर्ब ५७ करोडको हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

    संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्‌– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’

    काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन

    भोटेकोशी बाढीको पीडा : शवसमेत नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका नौ जनाको अन्तिम बिदाइ

    बाढी–पहिरोले मुख्य राजमार्गहरू प्रभावित : कहाँ बन्द, कहाँ खुल्यो ?

    सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १ अर्ब ५७ करोडको हुण्डी कारोबारमा संलग्न दुई…

    संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्‌–…

    काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर…

    भोटेकोशी बाढीको पीडा : शवसमेत नभेटिएपछि कुशको शरीर…

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑