सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ रानी बस्ने ४६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३४ वर्षीय सुरज प्रसाद साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले हुन्डीसम्बन्धी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको खातामार्फत एक अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुन्डी कारोबारमा प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लगायतका कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा