सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० जेठ । काठमाडौँ महानगरपालिका–२२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चिनीकाजी महर्जन विजयी भएका छन् ।
महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै विजयी भएका हुन् ।
महर्जनले २०६० मत प्राप्त गर्दा तण्डुकारले १४७८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका हुन् ।
महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा