सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ जेठ । दाङको तुलसिपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका टिकाराम खड्का ३१४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७७१७ मत प्राप्त गरे।
यस्तै, उपमेयरमा स्यानी चौधरी विजयी हुनुभएको छ । उहाँले ३०५९७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१०६५ मत प्राप्त गर्नुभएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा