सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनलाई ‘लडाइँको थलो’को संज्ञा दिएका छन् ।
शुक्रबार एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई पार्टी कार्यालयमा सम्बोधन गर्दै ओलीले आगामी स्थानीय तहको निर्वाचन राजनीतिक प्रतिस्पर्धाको महत्त्वपूर्ण मैदान बन्ने बताएका हुन् ।
उनले स्थानीय तहबाटै जनताको समर्थन र राजनीतिक पक्षधरता निर्माण हुने भएकाले आगामी निर्वाचनलाई पार्टीले विशेष महत्त्वका साथ लिनुपर्ने बताए ।
‘मान्छे खुसी हुने, रिसाउने, पक्षमा आउने, विपक्षमा जाने त्यहीँ (स्थानीय तह) बाट हुन्छ । त्यसो भएकाले अहिले लडाइँको थलो स्थानीय तहको निर्वाचन बन्नेवाला छ,’ ओलीले भने, ‘स्थानीय तहको निर्वाचन भनेको त्यही लडाइँको थलो हो ।’
ओलीले स्थानीय तह जनताको मन जित्ने र पार्टीप्रतिको विश्वास बढाउने मुख्य आधार भएको उल्लेख गर्दै जनप्रतिनिधिहरूलाई आफ्नो कार्यसम्पादनमा सुधार गर्न निर्देशनसमेत दिएका छन् ।
विगतमा काम गर्ने क्रममा कुनै कमजोरी भएको भए निर्वाचनअघि नै त्यसलाई सच्याउनुपर्ने उनको भनाइ थियो । जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले बाँकी कार्यकालमा भएका कमजोरी सुधार्न र अधुरा कामलाई प्राथमिकताका साथ सम्पन्न गर्न आग्रह गरे ।
‘यदि पौने चार वर्षजति पोखियो भने हतारहतार उठाउनुस्, हतारहतार मिलाउनुस्,’ ओलीले जनप्रतिनिधिहरूलाई निर्देशन दिँदै भने ।
आगामी स्थानीय तहको निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको विषयका रूपमा लिएका ओलीले जनप्रतिनिधिहरूलाई जनताको विश्वास जित्ने गरी काम गर्न र पार्टीको पक्षमा जनमत निर्माण गर्न सक्रिय हुन सन्देश दिएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा