• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर १, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

      आस्था पछि बेवास्ता, छठ समाप्त भएपछिको दृश्यले उठाएको प्रश्न

      बझाङको बुंगलमा अटो दुर्घटना : चार जनाको मृत्यु

      रारा दुर्घटनामापरी मृत्यु भएकाको शव र दुई घाइते हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

      सर्लाहीका दुर्घटनापीडित परिवारसँग सभामुख अर्यालले गरे भेट

      तीन देशका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

      सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, तोलाको २ लाख ६९ हजारमा आइपुग्यो

      जानकी मन्दिरबाट सुरु भयो अमरेशको मेची-महाकाली पदयात्रा, रविले गरे बिदाइ

      धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइतेको सूची सहित

      सभामुखले गरे गढीमाई मन्दिरमा दर्शन

      शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो

      लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन

      उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

      अन्तिम खेलमा पोखराको रोमाञ्चक जित, काठमाण्डूको क्वालिफायर सपना चकनाचुर !

      छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण

    होमपेज /  अन्य

    खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो, चितवनबाट दुबो ल्याएर रोपियो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २९, आईतबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन् ।

    महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको थियो । पार्टीले कार्यक्रमअघि नै सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरिएको हो ।

    आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको छ । पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ ।

    नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए । कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले स्मरण गरे ।

    ‘महाधिवेशन स्थलको रूपमा हामीले खुल्ला मञ्च प्रयोग गर्दा बर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ । दुई दिन परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो । त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो,’ उनले भने ।

    उनले खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताए । सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारीसमेत भएको उनको भनाइ छ ।

    कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्व जोगाउनु पार्टीको साझा दायित्व भएको बताइन् । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावतका कारण क्षति पुगेको देखेपछि त्यसलाई सुधार्न पार्टी आफैँ सक्रिय भएको उनले बताइन् ।

    प्रधानमन्त्रीले महाधिवेशनपछि सामाजिक सञ्जालमा टुँडिखेलको क्षतिलाई लिएर टिप्पणी गरेको प्रसङ्गमा सहमहामन्त्री गौतमले त्यसलाई आफ्नो अभियानको कारण नभएको स्पष्ट पारिन् । ‘प्रधानमन्त्रीले के भन्नुभयो भन्नेभन्दा पनि यो स्थानलाई जोगाउनु हाम्रो आफ्नै जिम्मेवारी हो भन्ने ठानेर हामी आएका हौँ,’ उनले भनिन् ।

    कांग्रेसका केन्द्रीय सदस्य जनक चट्टौतले महाधिवेशनका क्रममा संरचना निर्माण र ठूला सवारीसाधनको आवतजावतका कारण दुबोलगायतका संरचनामा क्षति पुगेको बताए । महानगरपालिकाबाट क्षतिको विषय उठेपछि पार्टीले बिग्रिएको क्षेत्र पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएको र सोहीअनुसार काम अघि बढाइएको उनले उल्लेख गरे । पुनःस्थापनापछि पनि नियमित सिँचाइ तथा संरक्षणको व्यवस्था गरिने उनको भनाइ छ ।

    कांग्रेसका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले महाधिवेशनका क्रममा प्रयोग गरिएको सार्वजनिक स्थलमा पुगेको क्षति सुधार गर्नु पार्टीको कर्तव्य भएको बताए । बिग्रिएको दुबोलाई प्राकृतिक रूपमै पुनर्जीवित गर्ने उद्देश्यले चितवनबाट दुबो मगाएर पुनःरोपणको काम अघि बढाइएको उनले जानकारी दिए ।

    केन्द्रीय सदस्य सीता मिजारले महाधिवेशनका क्रममा भएको क्षतिको परिपूर्ति गर्ने प्रतिबद्धताअनुसार पार्टीले काम गरिरहेको बताइन् । ‘यो राष्ट्रिय सम्पत्ति हो । यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली कांग्रेसले आफैँ दुबो रोप्ने कार्यक्रम गरेको हो । जति क्षति भएको छ, त्यसको परिपूर्ति गर्छौँ भनेर हामीले त्यतिबेलै प्रतिबद्धता जनाएका थियौँ,’ उनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आस्था पछि बेवास्ता, छठ समाप्त भएपछिको दृश्यले उठाएको प्रश्न

    उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

    राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि राजसंस्था चाहिन्छ : लुईटेल

    आईजीपी हटाउ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : रास्वपा प्रवक्ता

    त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना अगाडि फहराइ रहेका झण्डाहरु

    ‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब…

    आस्था पछि बेवास्ता, छठ समाप्त भएपछिको दृश्यले उठाएको…

    बझाङको बुंगलमा अटो दुर्घटना : चार जनाको मृत्यु

    रारा दुर्घटनामापरी मृत्यु भएकाको शव र दुई घाइते…

    बझाङको बुंगलमा अटो दुर्घटना : चार जनाको मृत्यु

    सर्लाहीका दुर्घटनापीडित परिवारसँग सभामुख अर्यालले गरे भेट

    जानकी मन्दिरबाट सुरु भयो अमरेशको मेची-महाकाली पदयात्रा, रविले…

    सभामुखले गरे गढीमाई मन्दिरमा दर्शन

    आर्थिक

    पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

    सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, तोलाको २ लाख ६९ हजारमा आइपुग्यो

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑