सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै हालकै मूल्य कायम राखिएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त भएपछि निगम सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले मूल्य समायोजन नगर्ने निर्णय गरेको हो।
निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको छ। नयाँ खरिद मूल्य प्राप्त भए पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको निगमले जनाएको छ।
हालको मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
निगमले डिपो तथा कार्यालयदेखि १५ किलोमिटर क्षेत्रसम्मका लागि तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको छ।
जसअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ मूल्य कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि तत्काल उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निगमले मूल्य नबढाएको जनाएको छ। तर, मूल्य समायोजन नगर्दा निगममाथि ठूलो आर्थिक भार परेको देखिएको छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा