सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी ८० रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ७० हजार २०० रुपैयाँ थियो।
तिहार बिदापछि खुलेको बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको थियो। त्यसपछि आइतबार पनि मूल्यमा गिरावट आएको थियो। तिहारअघि कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो गिरावटसँगै तिहारअघिको तुलनामा सुनको मूल्य प्रतितोला १५ हजार २०० रुपैयाँले घटिसकेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा