सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिरमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले पदयात्राको उद्घाटन गरेका हुन्।
छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछानेले सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए।
सो अवसरमा लामिछानेले पदयात्राले देशमा शान्ति, सद्भाव र भाइचाराको सन्देश फैलाउने विश्वास व्यक्त गरे। चुनावका बेला मधेस र पहाडलाई जोडेर पार्टी निर्माण गरिएजस्तै पदयात्राले पनि देशलाई जोड्ने उनको भनाइ थियो।
सांसद सिंहले जनकपुरबाट सांकेतिक रूपमा यात्रा सुरु गरे पनि मंगलबार बिहान झापाबाट औपचारिक रूपमा मेची–महाकाली पदयात्रा अघि बढाउने बताएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा