सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने वा निरन्तरता दिने विषयमा सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले आईजीपीको नियुक्ति तथा पदमुक्तिको विषय सरकारको अधिकारक्षेत्रभित्र पर्ने बताएका हुन्।
प्रवक्ता खरेलले आईजीपी दानबहादुर कार्कीलाई हटाउन वा पदमा कायम राख्न पार्टीले सरकारलाई कुनै दबाब वा निर्देशन नदिएको स्पष्ट पारे। उनका अनुसार यस विषयमा निर्णय लिने अधिकार सरकारसँगै रहेको छ।
उनले भने, ‘आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन । राख या हटाउ भनेर पनि कुनै निर्देशन दिएको छैन । यो सरकारको विवेकको कुरा हो।’
खरेलले सरकारका तर्फबाट पनि यस विषयमा पछिल्लो धारणा सार्वजनिक भइसकेको उल्लेख गर्दै रास्वपाले आईजीपीलाई हटाउने वा राख्ने भन्ने कुनै आधिकारिक निर्णय नगरेको दोहोर्याए।
यससँगै आईजीपी दानबहादुर कार्कीको पदमा निरन्तरताबारे हुने निर्णय पूर्णतः सरकारको विवेक र अधिकारक्षेत्रमा रहने रास्वपाले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा