• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २८, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

      अस्ट्रेलियामा रेस्टुरेन्ट र क्याफेमा श्रम तथा करसम्बन्धी अनुगमन, ३० भन्दा बढी व्यवसाय अनुसन्धानको दायरामा

      एनपीएल: सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य 

      ‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा

      सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार राहत

      गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

      छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं

      छठपर्व विधिवत शुरु, आज ‘नहाय–खाय’

      रास्वपा महामन्त्री विपिनकुमारको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

      बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

      भिमफेदी दुर्घटना :२५ वर्षीय छोरा गुमाएका निरस शोकमा

      रवि–निकिताले जनकपुरमा पार्टी सदस्य नभएको सामान्य ब्यक्तिको घरमा बसेर छठ मनाउने

      ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा महत्वपूर्ण

      छठ पर्व आस्था, भक्ति र संगीतको संगम : संस्कृतिविद् महतो

      सन्दीप लामिछानेको ऐतिहासिक ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२ रनमै अलआउट

    होमपेज /  लेख/साहित्य

    छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २८, शुक्रबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • १६ पटक पढिएको
  • धर्मेन्द्र झा / काठमाडौं ।  पछिल्लो दिनमा अनुभव गरिएको छ–छठ विस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख छ । वर्तमानमा यो महापर्व विश्वमा जहाँकहीँ पनि भैथिली र भोजपुरीभाषी छन्, त्यहाँ मनाइने गरिएको छ । मूलतः सूर्योपासनासँग सम्बन्धित यो पर्व प्रकृतिपूजनसँग सम्बद्ध छ । यस पर्वका माध्यमबाट प्रकृति जो जीवनदायिनी हो, जीवन सञ्चालक हो, प्रति आभार व्यक्त गर्ने गरिन्छ भन्दा अस्वाभाविक हुँदैन । यतिमात्र होइन सूर्य, जसलाई प्रत्यक्ष जाग्रत देवताका रुपमा स्वीकार गरिन्छ, उनको अनुपस्थितिमा यस जगत्को सञ्चालन सम्भव छैन, का प्रति पनि मानवले अनुग्रह भाव प्रदर्शित गर्ने पर्व हो छठ । यतिमात्र होइन छठले प्रदूषण नियन्त्रण र वातावरण संरक्षणको पनि सन्देश दिने गरेको छ ।

    सूर्यको उपासना त विश्वका धेरै देश र धेरै संस्कृतिमा हुने गरेको छ तर अस्ताउँदो सूर्यको उपासना हुने सांस्कृतिक पर्व सम्भवतः छठमात्र हो । यस्तोमा उदाउँदो शक्तिको उपासनामात्र होइन बरु विगतको शक्ति जसका कारणले यो सृष्टि आजको अवस्थासम्म आइपुगेको छ तिनका प्रति अर्थात् अस्ताँदो शक्तिप्रति पनि आदर सत्कारको भाव प्रकट गर्ने पर्व हो यो । यो पर्वको केन्द्रीय पूजनीय तत्व नै सूर्य हुन् । सूर्यलाई शक्ति मानिन्छ । यस आधारमा यो पर्व शक्ति पर्व पनि हो । सूर्य ऊर्जाकेन्द्र हो । यसै ऊर्जाले प्रकृति—सृष्टि सञ्चालित छ । ऊर्जाको अनुपस्थितिमा जीवन सञ्चालन हुनै सक्दैन । यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रुपमा पनि छठ पर्वको महत्व छ ।

    धेर्रैको जिज्ञासा हुन सक्छ, पूजा सूर्यदेवको अनि सम्बोधन भने छठी माता । यससम्बन्धमा के विश्लेषण गर्न सकिन्छ भने छठिलाई प्रकृतिको प्रतीकका रुपमा स्वीकार गरिएको छ । यो पर्व षष्ठी तिथिमा मनाइने भएका कारणले पनि कालान्तरमा यो पर्व षष्ठीबाट अप्रभंश हुँदै छठिमा रुपान्तरित भएको हुन सक्छ । यसरी विश्लेषण गर्दा षष्ठी, छठि र प्रकृति एक अर्काका पर्याय बन्न गए र यी तिनै शव्द स्त्रीलिंगीका रुपमा स्वीकार गरिँदा जनमानसमा देवीको स्वरूप निर्माण भएको हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । एउटा अर्का मान्यताको पनि कुरा गर्ने गरिएको छ । छठिलाई भगवान व्रम्हाको मानसपुत्री पनि भन्ने गरिएको छ ।

    मान्यता अर्को पनि छ, सूर्यकी दुई पत्नी उषा र सन्ध्या छन भन्ने मानिन्छ । माथि पनि चर्चा गरियो एक किसिमले यस पर्वको केन्द्रिय आधार सूर्य हुन् । यस पर्वका उपासक र अनुयायीको प्रत्येक प्रयत्न सूर्यलाई खुसी पार्नुतर्फ केन्द्रित हुन्छ । सूर्यलाई कसरी खुसी पार्ने त ? उनका पत्नीहरुलाई खुसी बनाउँदा सूर्यदेव स्वतः खुसी हुन्छन् भन्ने मान्यता पनि समाजमा विद्यमान छ । यस आधारमा अस्ताउँदो सूर्यलाई पूजा गर्नुको अर्थ सन्ध्याको पूजा गर्नु र उदाउँदो सूर्यलाई पूजा गर्नुको अर्थ उषालाई पूजा गर्नु हो भनेर पनि बुझ्ने गरिन्छ । समाजमा यस्ता अनेक मान्यता हुन सक्छन् । विश्लेषण आआफ्रनै हुन सक्छन् । ती सबैको चर्चा गर्नु अहिले यहाँ जरुरी छैन । सत्य केमात्र हो भने छठ पर्व अत्यन्त श्रद्धा, भक्ति, समर्पण, उत्साहका साथ मनाइन्छ र यो पर्व चार दिनमा सम्पन्न गरिन्छ ।

    प्रत्येक वर्ष शुक्ल षष्ठी (प्रदोस षष्ठी)को साँझ र सप्तमाीको विहान सूर्यलाई अघर््य दिई मनाइने यो पर्व चार दिने अनुष्ठान हो । सदा झै यस वर्ष पनि यो पर्व प्रारम्भ भइसकेको छ । शुक्रवार (कात्र्तिक २७) नुहाइ धुवाई अर्थात् शुद्ध हुने क्रमबाट प्रारम्भ हुने यो पर्वअन्तर्गत शनिवार खरना अर्थात् व्रतालुद्वारा व्रतको औपचारिक प्रारम्भ हुनेछ । आइतवार (२९ गते) सूर्यदेवलाई साँझको अघर्र््य अर्पण गरिँदैछ भने सोमवार उदाउँदो सूर्यलाई अघर््य अर्पण गरी पारनको आयोजनापश्चात पर्व समापन हुनेछ ।

    माथि पनि चर्चा गरियो, महपर्व छठ पछिल्लो कालखण्डमा एउटा भूगोलमा मात्र सीमित नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको भइसकेको छ । आज यो पर्व अमेरिका, अस्ट्रेलिया, वेलायत र युरोपका विभिन्न देशमा समेत मनाउने गरिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो पर्व आज एउटा खास भूगोलमा मात्र सीमित रहेको पाइँदैन । विगतमा विभिन्न दायित्व, पेशा, रोजगारीका सन्दर्भमा देशका विभिन्न ठाउँमा पुगेका मैथिली÷भोजपुरीभाषीले आफ्नो सुविधाअनुकूल त्यहीँ यो पर्व मनाउने थाले र यो पर्वलाई राष्ट्रिय महत्वको बनाउन भूमिका निर्वाह गरे । पछिल्लो दिनमा यो पर्व, पूर्वी पहाडको पाँचथर, ताप्लेजुंगदेखि पश्चिमको कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा समेत मनाउने गरिएको पाइएको छ ।

    देशको राजधानी काठमाडौलगायत उपत्यकाका विभिन्न तलाउ—पोखरीमा भव्यतापूर्वक मनाउन थालिएको निकै वर्ष भइसक्यो । २०२०—३०को दशकतिर उपत्यकाको कीतिपुर, वल्खु, कालिमाटी, कुलेश्वर क्षेत्रमा सामान्य ढंगले मनाउने गरिएको यो पर्व पछिल्ला वर्षमा पुरै उपत्यकामा विस्तार हुन पुगेबाट यो पर्वप्रतिको स्वीकृति र यसको सांस्कृतिक एकीकरणको क्षमता स्वतः स्पष्ट हुन आउँछ । र, यसै आधारमा पछिल्लो समयमा यो पर्व राष्ट्रिय एकता निर्माणको एक महत्वपूर्ण प्रतीक बन्न पुगेको छ भन्दा असान्दर्भिक हुँदैन ।

    यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो त्यसको यकिन छैन । यो पर्वको उपासना विधिको विश्लेषण गर्दै गएका खण्डमा यो पर्व मूलतः प्रकृतिपूजनसँग सम्बन्धित रहेको पाउन सकिन्छ । यो पर्व जलाशाय, नदी, पोखरी, ताल तलैयालगायतका जलस्रोत क्षेत्रमा उपस्थित भई सूर्यको उपासना गरी मनाइन्छ । पर्व मनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सफाईमा विशेष ध्यान दिइन्छ । यो शुद्धता र सफाईको कार्यले जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ । यस पर्वमा चढाइने वस्तुहरु पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, वोटसमेतको वेशार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै सिकाउँछ । अर्थात सारमा प्रकृ।ति र वातावरण संरुक्षणको सन्देश प्रवाह गर्नु यस पर्वको मूल अभीष्ट हो भनेर मान्न सकिन्छ ।

    मूलतः नेपालको मध्य तथा पुर्वी तराई—मधेशमा हर्षोल्लास र बडो श्रद्धापूर्वक मनाइने महापर्व छठ उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी मनाइने गरिन्छ । यो पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता र सन्तानप्राप्ति र कल्याण तथा परिवारको उन्नति र रक्षाको पर्वमा श्रद्धापूर्वक मनाइन्छ । छठ पूजाघाटको उपस्थिति विश्लेषणले पनि यो पुष्टि गर्दछ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । पूजा र उपासनामा कसैलाई निषेध गर्दैन । छठ घाटमा मधेशीमात्र उपस्थित हुँदैनन । हिन्दूमात्र पनि उपस्थित हुँदैनन । सम्पन्न, धनी र हुनेखानेमात्र सहभागी हुँदैनन । जातपातका आधारमा छुवाछुत देखिँदैन । छठ पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून, अर्थात छठ पर्वको सन्देश हो—सर्वजन हिताय सर्वजन सुखाय ।

    संक्षेपमा यस पर्वको सन्देशलाई वुँदागतरुपमा यसरी पनि बुझ्न सकिन्छ,–

    -यो सामाजिक एकताको पर्व हो । यसले कुनै पनि नाममा कसैलाई पनि निषेध गर्दैन ।

    -यस पर्वले कुनै पनि धर्म, भाषा, समुदाय, जात–जाती, छूत–अछूतका आधारमा कसैलाई वर्जित गर्दैन । भेदभाव गर्दैन ।

    -छठले सबैलाई समेटेर सार्थक समाज निर्माणको सन्देश प्रदान गरेको छ ।

    -समाजमा सबैको अस्तित्व, महत्व र सहभागितालाई यस पर्वले स्वीकार गरेको छ । समाजका कथित सबैभन्दा निम्न वर्गले तयार गरेको सामग्री छठमा प्रयोग हुनु र त्यसैबाट सूर्यदेवलाई अघर््य प्रदान गरिनु यसैको उदाहरण हो ।

    -यस पर्वले परिवार र समाजको मातृसत्तात्मक अवधारणाको पक्षमा वकालत गरेको छ । छठ पर्व सम्पादनसम्बन्धी प्रत्येक निर्णय घरमूली महिलाबाटै हुने गरेको छ । सूर्यलाई अघर््य पनि घरमुली महिलाबाट अर्पण गर्ने गरिन्छ ।

    -यसले पवित्रता, स्वच्छता र सफाइको महत्वमा जोड दिएको छ, यी स्वास्थ्य र निरोगिताका लागि अनिवार्य छन् ।

    -यस पर्वले पर्यावरणको सन्तुलन र संरक्षणको सन्देश पनि दिएको छ, जो प्राणीजगतका लागि आवश्यक छ । प्रकृतिप्रति आदरभावको उद्देश्य पर्यावरणको संरक्षणका सन्दर्भमा जनचेतना जागृत गर्नु हो ।

    -प्रकृति सबैको हो । यो सामूहिक सम्पदा हो । यसको उपयोग सबैले गर्न पाउनुपर्छ र कुनै पनि आधारमा कसैलाई पनि प्रकृतिको सदुपयोगबाट वञ्चित गरिनु हुँदैन भन्ने सन्देश पनि यस पर्वको हो ।

    -जल जीवन हो भन्ने महत्वपूर्ण सन्देश यस पर्वले दिएको छ ।

    -विहान र वेलुकाको सूर्यकोृ किरण मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने सन्देश पनि यस पर्वमा निहीत छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हामी भुल्ने छैनौँ त्यो भदौ – २४ को विध्वंस ‼️

    सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

    अस्ट्रेलियामा रेस्टुरेन्ट र क्याफेमा श्रम तथा करसम्बन्धी अनुगमन,…

    एनपीएल: सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य 

    ‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी…

    सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, दुर्घटनामा मृत्यु भएका…

    भिमफेदी दुर्घटना :२५ वर्षीय छोरा गुमाएका निरस शोकमा

    रवि–निकिताले जनकपुरमा पार्टी सदस्य नभएको सामान्य ब्यक्तिको घरमा…

    गगन थापाद्वारा भीमफेदी बस दुर्घटनाप्रति दुःख व्यक्त

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑