सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूले निवृत्तिभरण (पेन्सन) सुनिश्चित गर्न माग गर्दै १५९ दिनदेखि अनिश्चितकालीन धर्ना जारी राखेका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल कमर्स क्याम्पस, मिनभवन तथा पाटन क्याम्पसलगायतका प्राध्यापक तथा कर्मचारीहरू पेन्सनमा भएको विभेद अन्त्य गर्न माग गर्दै धर्नामा बसेका हुन्।
धर्नामा सहभागी प्राध्यापक चन्द्रदेव लामिछानेएक प्राध्यापकका अनुसार २०६६ साल भदौ २६ गतेभन्दा अगाडि नियुक्त भएकालाई पेन्सन दिने र त्यसपछि नियुक्त भएकालाई पेन्सन नदिने व्यवस्था विभेदपूर्ण छ।
उनले भने, ‘हाम्रो माग चाहिँ हामीलाई पेन्सनमाथि भएको विभेदको अन्त्य गरिनुपर्छ। हाम्रो पेन्सन चाहिँ स्वतः सार्वभौम प्राकृतिक न्यायको सिद्धान्तअनुसार प्राप्त गर्नुपर्ने विषय हो।’
उनका अनुसार लामो समयदेखि आन्दोलन गर्दा पनि विश्वविद्यालयले माग सम्बोधन नगरेको भन्दै प्राध्यापक तथा कर्मचारीहरू असन्तुष्ट छन्।
‘प्राध्यापकहरू विश्वविद्यालयमा पढाउने नेपालको सबभन्दा टप विश्वविद्यालय, सबभन्दा पुरानो विश्वविद्यालय, अधिकांश साथीहरू डाक्टर गर्नुभएको छ। उहाँहरू यहाँ धर्नामा बसिरहनुभएको छ, यत्रो दिनदेखि ५ महिनाभन्दा बढी समय भइसक्यो। एउटा लाजमर्दो विषय छ, यो राष्ट्रिय–अन्तर्राष्ट्रिय इस्युको विषय भइसक्यो,’ उनले भने।
अर्का आन्दोलनरत प्राध्यापक डा.तिलक बहादुर खत्रिका अनुसार यसअघि त्रिविका पूर्वउपकुलपति केशरजंग बरालले पेन्सनसम्बन्धी समस्या समाधानका लागि विनोद पराजुलीको अध्यक्षतामा कार्यदल गठन गरेका थिए। उक्त कार्यदलले आन्तरिक स्रोतबाटै पेन्सन व्यवस्थापन गर्न सकिने सुझावसहितको प्रतिवेदन दिएको उनीहरूको दाबी छ।
‘गभर्मेन्टबाट ल्याउने जरुरी छैन। हाम्रै आन्तरिक कमाइबाट चाहिँ पुग्छ र यो हाम्रो विभिन्न निकायहरूमा, डिन कार्यालय, क्याम्पसहरूमा जम्मा भएको पैसाहरू, ती पैसाहरू, ती आम्दानीहरूलाई चाहिँ ४०५ सम्म हामीले एकत्रित गरेर पेन्सन कोषमा फन्ड क्रिएट गरेर हामीले पेन्सन खुवाउन सक्छौँ,’ उनले भने।
उनका अनुसार आन्तरिक आम्दानीको निश्चित हिस्सा पेन्सन कोषमा जम्मा गरेर हाल पेन्सन पाइरहेका तथा नयाँ प्राध्यापक–कर्मचारीलाई समेत पेन्सन उपलब्ध गराउन सकिने कार्यदलको निष्कर्ष थियो।
पेन्सनको मागलाई लिएर यसअघि पनि विभिन्न उपकुलपतिसँग छलफल तथा पहल गरिएको तर समाधान हुन नसकेको उनले बताए। अहिले नयाँ उपकुलपति र नयाँ पदाधिकारी आएपछि समस्या समाधान हुने अपेक्षा गरिएको उनको भनाइ छ।
उनले भने, ‘आज चाहिँ भिसीसँग हामी कुरा गरेका थियौँ र भोलि बिहान ८ बजेको समय दिनुभएको छ। पोजिटिभ्ली उहाँले समाधान गर्नुहुन्छ भन्ने चाहिँ हामीले आशा गरिरहेका छौँ। कुराहरू सकारात्मक छ र चाँडै हाम्रो पक्षमा निर्णय हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।’
आन्दोलनरत प्राध्यापक तथा कर्मचारीहरूले त्रिभुवन विश्वविद्यालयमा कार्यरत सबैका लागि पेन्सनको सुनिश्चितता गर्दै हाल कायम रहेको विभेद अन्त्य गर्न माग गरेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा