• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा

      ‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड

      अर्थमन्त्री डा.वाग्ले भारतमा, आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणका बारेमा छलफल जारी

      नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट : यसबर्ष दुई हजार २५ बढीले लिए अनुमति

      ‘झिङ्गेदाउ–२’ :आँचलको अभिनयमा निखार र परिपक्वता

      प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति भइरहेको छ : उपाध्यक्ष भट्ट

      १ अर्ब ५७ करोडको हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

      संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्‌– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’

      काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन

      भोटेकोशी बाढीको पीडा : शवसमेत नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका नौ जनाको अन्तिम बिदाइ

      नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन

      बाढी–पहिरोले मुख्य राजमार्गहरू प्रभावित : कहाँ बन्द, कहाँ खुल्यो ?

      समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ : कानुनमन्त्री गौतम

      सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

      एलपी ग्यासको मूल्य घट्यो

    होमपेज /  अन्य

    १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४५ पटक पढिएको
  • काठमाडौँ । बाढीले सडक बगाएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा अठार दिनपछि यातायात सेवा पुनःसञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि कृष्णभिर हुँदै दुईतर्फी नै सवारीसाधन सञ्चालनमा आएका हुन् ।

    गत भदौ १४ गते कृष्णभिरमा आएको बाढीले सडकको तल्लो भाग बगाएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो । त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि करिब १०० मिटर सडक क्षतिग्रस्त भएको थियो ।

    सडक भासिएपछि गत भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण सुरु गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म नयाँ ट्र्याक निर्माणको काम सम्पन्न गरी बिहीबार बिहानदेखि सवारी सञ्चालनमा ल्याइएको हो ।

    सडक पुनःसञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण र सडक पुनःस्थापनाको काम अघि बढाएको थियो । सडक क्षतिग्रस्त भएको छोटो समयमै नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि यातायात सेवा सञ्चालनमा ल्याउन सम्भव भएको हो ।

    दुई दिनअघिदेखि नै कृष्णभिर सडकमा रोकिएका केही सवारीसाधनलाई साँझको समयमा कटाइएको थियो । तर, बिहीबार बिहानदेखि भने सडकमा नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो ।

    कृष्णभिरमा सवारी सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रूपमा रोकिएको यातायात सेवा पनि बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा सवारी सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर गरिएको पहिरो रोकथामको काम रोकिएको जानकारी दिएका छन् ।

    लामो समयसम्म कृष्णभिर सडक अवरुद्ध हुँदा ठूला सवारीसाधनलाई संघीय राजधानी काठमाडौं आवतजावत गर्न समस्या भएको थियो । सडक अवरुद्ध हुँदा राजधानीमा खाना पकाउने एलपी ग्यासको आपूर्तिसमेत प्रभावित भएको थियो ।

    गत भदौ १० गते भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको थियो । भदौ १४ गते पुनः आएको बाढीले कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएको थियो ।

    अन्य स्थानमा यातायात सञ्चालनमा आए पनि कृष्णभिरमा सडकको ठूलो भाग नै भासिएपछि समस्या भएको थियो । उक्त सडकखण्ड हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेको बताइएको छ ।

    नयाँ ट्र्याक निर्माणसँगै पृथ्वी राजमार्गमा यातायात सेवा पुनःसञ्चालनमा आएपछि काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

    अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

    असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

    आजदेखि ग्यास पुरानै मूल्यमा पाइने, बढि लिए कारवाहि हुने

    सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी आवास बनाउने

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित…

    ‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ :…

    अर्थमन्त्री डा.वाग्ले भारतमा, आर्थिक सम्बन्ध तथा पुनःस्थापना र…

    नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट : यसबर्ष दुई…

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑