• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा

      ‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड

      अर्थमन्त्री डा.वाग्ले भारतमा, आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणका बारेमा छलफल जारी

      नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट : यसबर्ष दुई हजार २५ बढीले लिए अनुमति

      ‘झिङ्गेदाउ–२’ :आँचलको अभिनयमा निखार र परिपक्वता

      प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति भइरहेको छ : उपाध्यक्ष भट्ट

      १ अर्ब ५७ करोडको हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

      संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्‌– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’

      काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन

      भोटेकोशी बाढीको पीडा : शवसमेत नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका नौ जनाको अन्तिम बिदाइ

      नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन

      बाढी–पहिरोले मुख्य राजमार्गहरू प्रभावित : कहाँ बन्द, कहाँ खुल्यो ?

      समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ : कानुनमन्त्री गौतम

      सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

      एलपी ग्यासको मूल्य घट्यो

    होमपेज /  अन्य

    असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • हरेक बर्ष विश्वकर्मा पुजाकै दिन कन्या संक्रान्ति अर्थात वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई ध्यान दिने भएकाले कन्या पूजा प्राथमिकता पर्छ ।

    कन्या संक्रान्ति सूर्यले सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्ने दिन हो । नेपालमा यो पर्व हरेक वर्ष असोज महिनाको १ गते मनाउने गरिन्छ । धर्मशास्त्र, ज्योतिष तथा सांस्कृतिक दृष्टिकोणले यस दिनको विशेष महत्त्व रहेको छ ।

    संस्कृतिविद् डा. माधव भट्टराईले कन्या पूजा पनि नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण पक्ष भएको बताए । कन्या पूजा भनेको कन्यालाई देवी वा देवताको स्वरूप मानेर गरिने पूजा भएको बताए । नेपालमा जीवित कुमारीलाई भगवान् तथा भगवतीकै स्वरूप मानेर पूजा गर्ने विशिष्ट परम्परा रहेको उनले बताए ।

    उनले भने, ‘कन्या पूजा भनेको कन्याहरूको पूजा हो । कन्यालाई देवताको रूपमा मान्छौँ । नेपाल मात्रै यस्तो देश हो, जहाँ जीवित कुमारीको पूजा हुन्छ । भगवानलाई वा भगवतीलाई जस्तै उहाँलाई आसनमा विराजमान गराएर पूजा गरिन्छ र उहाँबाट प्रसाद प्राप्त गरिन्छ ।’

    संस्कृतिविद् भट्टराईका अनुसार कन्या पूजाको विशेष महत्व दुर्गा पक्ष अर्थात् आश्विन शुक्ल पक्षको नवरात्रमा हुन्छ । नवरात्रका क्रममा देवीका विभिन्न स्वरूपको पूजा गरिने भएकाले कन्यालाई समेत देवीको स्वरूपका रूपमा पूजा गर्ने परम्परा रहेको उनले बताए ।

    उनले भने, ‘खास कन्या पूजा हुने भनेको दुर्गा पक्षमा हो । दुर्गा पक्ष भनेको आश्विन शुक्ल पक्ष, नवरात्र हो । नवरात्रमा कन्याको विशेष पूजा हुन्छ । अरू बेलामा पनि गर्न मिल्छ, तर उहाँलाई कुमारीको रूपमा पूजा गरिएको हो ।’

    यसैगरी, डा भट्टराईका अनुसार धार्मिक परम्परामा सूर्य षष्ठी पनि सूर्यदेवको उपासनासँग सम्बन्धित महत्वपूर्ण अवसरका रूपमा लिइन्छ । षष्ठी तिथिमा सूर्यको विशेष आराधना गर्ने परम्परा रहेको उनले बताए ।

    उनका अनुसार सूर्यसँग सम्बन्धित उपासनामा सप्तमी तिथिलाई समेत विशेष महत्व दिइन्छ ।

    ‘सूर्य षष्ठी भनेको महिनाको षष्ठी तिथिलाई विशेष रूपमा सूर्यदेवको उपासना गर्ने समय हो । सूर्यलाई मनपर्ने तिथिका रूपमा सप्तमीलाई पनि लिइन्छ, त्यसैले हाम्रो पात्रोमा रवि सप्तमी भनेर लेखिएको हुन्छ । सूर्यको उपासना गर्ने प्रमुख अवसरमध्ये माघ शुक्ल सप्तमीमा पर्ने रथ सप्तमी पनि हो, जसलाई सूर्य सप्तमी र रवि सप्तमी पनि भनिन्छ,’ उनले भने ।

    भाद्र महिना सकिँदै आश्विन लाग्ने समयसँगै मौसममा परिवर्तन आउन थाल्ने भएकाले सूर्यको ताप र प्रकाशको महत्व अझ बढ्ने उनले बताए । जाडोको समयमा सूर्यको किरण मानव जीवनका लागि आवश्यक हुने भएकाले परम्परादेखि नै सूर्य उपासनालाई धार्मिक तथा सांस्कृतिक अभ्याससँग जोडिएको उनले बताए ।

    उनले भने, ‘भाद्र महिना सकेर आश्विन लागेको छ । जाडो सुरु हुने समय हो । जाडोमा हामीलाई घामको विशेष आवश्यकता हुन्छ । त्यसैले सूर्यको उपासना गर्ने परम्परा हाम्रो संस्कृतिमा रहेको हो । यसका आफ्नै शास्त्रीय विधान र धार्मिक मान्यताहरू छन् ।’ हिन्दू धर्मशास्त्रमा सूर्यलाई जीवन, ऊर्जा र स्वास्थ्यका प्रमुख स्रोतका रूपमा लिइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

    अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

    १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

    आजदेखि ग्यास पुरानै मूल्यमा पाइने, बढि लिए कारवाहि हुने

    सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी आवास बनाउने

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित…

    ‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ :…

    अर्थमन्त्री डा.वाग्ले भारतमा, आर्थिक सम्बन्ध तथा पुनःस्थापना र…

    नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट : यसबर्ष दुई…

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑