• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • देउवाको चेतावनी: ‘एकपक्षीय महाधिवेशनले कांग्रेसलाई विभाजनतर्फ धकेल्छ’

      रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

      ओल्ड ब्यागेज’ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक : मन्त्री खनाल

      आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको हो :मन्त्री पौडेल

      मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु

      कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

      मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग

      भोटेकोशी बाढीमा बेपत्ता शिक्षककी श्रीमतीलाई नियुक्त गर्न रास्वपाको माग

      प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको माग

      बाढीपीडितको मानसिक स्वास्थ्य उपचारमा सरकारले विशेष ध्यान दिनुपर्छ : इन्दिरा राना मगर

      डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

      जलवायु असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछौं : प्रधानमन्त्री शाह

      जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको ध्यानाकर्षण

      महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

      कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २ अर्ब जरिवाना

    होमपेज /  समाचार

    आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको हो :मन्त्री पौडेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले आन्तरिक वायुसेवा प्रदायकलाई थप उत्तरदायी र यात्रुमैत्री बनाउन आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न विधेयक ल्याइएको बताएका छन्।

    मंगलबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री पौडेलले विधेयक मूलतः आन्तरिक हवाई सेवासँग सम्बन्धित यात्रुको अधिकार, वायुसेवा प्रदायकको जिम्मेवारी र क्षतिपूर्तिको व्यवस्था स्पष्ट गर्न ल्याइएको बताए।

    उनले सरल भाषामा बुझ्दा यो बिमा र यात्रुको दायित्वसम्बन्धी विधेयक भएको बताए। उनका अनुसार हालसम्म आन्तरिक हवाई सेवामा हुने दुर्घटना, यात्रुको सामान टुटफुट वा हराउने, उडान ढिलाइ हुने, उडान रद्द हुने तथा तेस्रो पक्षमा पर्ने क्षतिलगायत विषयमा पर्याप्त कानुनी आधार नरहेको अवस्था छ।

    ‘यो विधेयकले मूलभूत रूपमा यात्रुको अधिकार, वायुसेवाको जिम्मेवारी र क्षतिपूर्तिको व्यवस्थालाई स्पष्ट गरेको छ, जसले गर्दा आन्तरिक वायुसेवालाई थप उत्तरदायी, व्यवस्थित र यात्रुमैत्री बनाउने एउटा कानुनी आधार यसले तयार गर्नेछ,’ उनले भने।

    मन्त्री पौडेलले नेपालले अन्तर्राष्ट्रिय उडानका लागि मोन्ट्रियल कन्भेन्सनमा हस्ताक्षर गरिसकेको भए पनि त्यसलाई जस्ताको तस्तै आन्तरिक उडानमा लागू गर्न सक्ने अवस्था नरहेको बताए। नेपालका वायुसेवा प्रदायकको क्षमता र मुलुकको अवस्थालाई ध्यानमा राखेर आन्तरिक उडानका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।

    उनले हवाई क्षेत्रमा लामो समयदेखि कानुनी आधारबिना अभ्यासमा रहेका कतिपय व्यवस्थालाई समेत कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार वायुसेवा प्रदायकले यात्रुलाई सेवा दिएपछि पालना गर्नुपर्ने न्यूनतम दायित्वलाई अब कानुनमै स्पष्ट गर्न खोजिएको हो।

    मन्त्री पौडेलले हाल अभ्यासमा रहेको करिब २० हजार डलरको बिमा दायित्व बढेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार करिब एक लाख डलरसम्म पुग्न सक्ने बताए। बिमा दायित्व बढ्दा हवाई भाडादरसमेत बढ्न सक्ने सम्भावना रहेको भन्दै उनले यस विषयमा संवेदनशील भएर छलफल गर्नुपर्ने धारणा राखे।

    उनले दुर्गम क्षेत्रमा कायम रहेको दोब्बर हवाई भाडा (डलर फेयर) को कानुनी आधारसमेत आफूले खोजिरहेको बताए। यात्रु स्वदेशी वा विदेशी जो भए पनि यात्रुका रूपमा समान अधिकार पाउनुपर्ने भन्दै उनले दोब्बर भाडाको व्यवस्थामाथि प्रश्न उठाए।

    उनले भने,‘डलर फेयरको कानुनी आधार के छ भनेर खोजी हेर्दा मैले कहीँ फेला पारेको छैन। अब डलर फेयर रोकौँ भने के हुन्छ फेरि? भाडा बढ्न सक्ने सम्भावना छ। अब डबल भाडादर नरोकौँ भने यस्तो प्रकारको अन्याय मैले चाहिँ अन्यत्र कतै देखेको छैन।’

    उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने विधेयकसमेत तयारी अवस्थामा रहेको जानकारी दिए। त्यससँग सम्बन्धित धेरै विषय आगामी हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयकमा समेटिने उनको भनाइ छ।

    मन्त्री पौडेलले नेपाल वायुसेवा निगमसँग सम्बन्धित विषय भने छुट्टै रहेको स्पष्ट पारे। निगम आफ्नै ऐनबाट सञ्चालन भइरहेकाले त्यससम्बन्धी विषय संशोधनको प्रक्रियामार्फत अघि बढाइने उनले बताए।

    उनका अनुसार प्रस्तुत विधेयकले मुख्य रूपमा नेपालको भूगोलभित्र सञ्चालन हुने आन्तरिक वायुसेवाका दायित्वलाई सम्बोधन गर्नेछ। यसले यात्रुको सुरक्षा, दुर्घटना भएमा पाउने क्षतिपूर्ति, उडानमा ढिलाइ हुँदा पाउने क्षतिपूर्ति, उडान रद्द हुँदा यात्रुको अधिकार तथा लगेज हराएमा पाउने क्षतिपूर्तिलगायत विषयलाई समेटेको छ।

    ‘नेपालको सरहदभित्र, नेपालको भूगोलभित्र उड्ने आन्तरिक वायुसेवाहरूले पालन गर्नुपर्ने दायित्व सम्बन्धमा यो विधेयक बनेको हो। र यसले चाहिँ धेरै चिजको सुरक्षा गर्छ। यात्रुको सुरक्षासँग, मुख्य रूपमा त सुरक्षा नै हो, उनीहरूले पाउनुपर्ने क्षतिपूर्तिसँग सम्बन्धित हुन्छ,’ उनले भने।

    मन्त्री पौडेलले अन्तर्राष्ट्रिय हवाई सुरक्षा तथा नेपालले विभिन्न सन्धि–सम्झौतामार्फत गरेका प्रतिबद्धता पूरा गर्नसमेत यस्तो कानुनी व्यवस्था आवश्यक रहेको बताए। समिति सदस्यहरूले उठाएका अन्य विषयहरू आगामी नागरिक उड्डयन तथा हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक र नेपाल वायुसेवा निगमको संशोधित ऐनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ओल्ड ब्यागेज’ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक : मन्त्री खनाल

    मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु

    मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग

    भोटेकोशी बाढीमा बेपत्ता शिक्षककी श्रीमतीलाई नियुक्त गर्न रास्वपाको माग

    बाढीपीडितको मानसिक स्वास्थ्य उपचारमा सरकारले विशेष ध्यान दिनुपर्छ : इन्दिरा राना मगर

    जलवायु असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछौं : प्रधानमन्त्री शाह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देउवाको चेतावनी: ‘एकपक्षीय महाधिवेशनले कांग्रेसलाई विभाजनतर्फ धकेल्छ’

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    ओल्ड ब्यागेज’ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक…

    आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑