• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तेलको मूल्यमा भारी गिरावट

      एक्सपिडिसन क्षेत्रलाई स्पष्ट र कडा मापदण्ड आवश्यक, पर्वतारोहणमा प्रशस्त सुधार जरुरी

      उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

      महिलामाथि हुने हिंसा रोक्न बलियो कानुनी सजाय आवश्यक : सांसद क्षेत्री

      सांसद गच्छदारको प्रश्न : ‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’

      संसदका गतिविधि हरेक नागरिकसम्म पु¥याउनुपर्छ : प्रवक्ता गिरी

      गरिमा चौधरी बलात्कार तथा हत्या प्रकरणमा थप एक जना पक्राउ

      पन्ध्रसय मिटरको दौडमा रोबोटले जित्यो स्वर्ण पदक 

      गरिमा हत्या प्रकरण : प्रहरी नियन्त्रणमा रहेका बालकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक

      रास्वपा सांसद पराजुलीको आग्रह: ग्यास आपूर्तिमा समस्या छैन, नआत्तिनु

      शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक छ : मन्त्री पोखरेल

      हत्या, हिंसा र बलात्कार बढ्नुमा कमजोर राज्य व्यवस्था जिम्मेवार : पोखरेल

      बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान

      टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६९ जनालाई कारबाही

    होमपेज /  अन्य

    गरिमा हत्या प्रकरण : प्रहरी नियन्त्रणमा रहेका बालकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ८, सोमबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४९ पटक पढिएको
  • सिमरा । गरिमा चौधरी हत्या प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका १६ वर्षीय बालकसँग चिकित्सकले परामर्श गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

    शव भेटिएकै दिन पक्राउ परेका बालकको उक्त भिडियो आइतबार साँझदेखि सामाजिक सञ्जालमा देखिन थालेको हो। कलैया अस्पतालमा खिचिएको भनिएको भिडियो कसले सार्वजनिक गरेको हो भन्ने खुलेको छैन।

    भिडियो कलैया अस्पतालस्थित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को रहेको बताइएको छ। लैङ्गिक हिंसासम्बन्धी घटनामा स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि पीडित तथा आरोपितलाई ओसीएमसीमा लैजाने गरिन्छ।

    सार्वजनिक भिडियोमा बालकले चिकित्सकसँग घटनाबारे कुराकानी गरिरहेको देखिन्छ। भिडियोमा उनले गरिमाको बलात्कारपछि हत्या घटनामा आफू मात्र नभई प्रदीप खड्का नाम गरेका व्यक्ति पनि संलग्न रहेको दाबी गरेका छन्। यसअघि भने उनले घटना आफू एक्लैले गरेको बयान दिएको बताइएको थियो।

    बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भिडियोको विषयमा अनुसन्धान भइरहेको बताएका छन्। भिडियो कलैया अस्पतालको जस्तो देखिए पनि कसले र कसरी सार्वजनिक गर्‍यो भन्नेबारे बुझ्ने काम भइरहेको उनले जानकारी दिए।

    कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डलले पनि भिडियो सार्वजनिक भएको विषयमा छानबिन सुरु गरिएको बताएका छन्। घटनाबारे प्रहरीसँग समन्वय भइरहेको र अस्पतालको तर्फबाट कुनै कमजोरी भएको पाइए अनुसन्धानमा सहयोग गर्ने उनले बताए। भिडियोबारे छलफल गर्न अस्पतालमा आकस्मिक बैठकसमेत बोलाइएको छ।

    भिडियोमा बालक, प्रहरी तथा अस्पतालका कर्मचारी देखिन्छन्। बालकलाई हतकडी लगाइएको अवस्थामा चिकित्सकसँग कुराकानी गरिरहेको देखिन्छ। ओसीएमसी कक्षमा प्रहरी र अस्पतालका कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेश अनुमति नहुने बताइएको छ।

    घटनाको संवेदनशीलता र बालकको गोपनीयताको ख्याल नगरी भिडियो सार्वजनिक भएपछि यसको विषयमा प्रश्न उठेको छ। भिडियो सार्वजनिक हुँदा घटनाको अनुसन्धान र बालकको कानुनी अधिकारमा समेत असर पर्न सक्ने भन्दै सम्बन्धित निकायले गम्भीरतापूर्वक छानबिन गरिरहेका छन्।

    जितपुरसिमरा–१ की तीन वर्षीया गरिमाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले शव भेटिएकै दिन जितपुरसिमरा–२ का १६ वर्षीय बालकलाई पक्राउ गरेको थियो। पक्राउपछि उनलाई सिमरास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछ गरी स्वास्थ्य परीक्षणका लागि कलैया लगिएको थियो।

    घटनामा बालकसहित २४ वर्षीय प्रोग्रेस चौधरी र उनका परिवारका केही सदस्यसमेत प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    तेलको मूल्यमा भारी गिरावट

    रास्वपा सांसद पराजुलीको आग्रह: ग्यास आपूर्तिमा समस्या छैन, नआत्तिनु

    रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने

    नेपाल भलिबल लिगकाे ट्रफी अनावरण (तस्विरहरू)

    मैले सानो उमेरमा बोलेको शब्दलाई काटेर नकारात्मकता फैलाइयोः सोविता गौतम

    फिरिरी प्रयोगकर्तालाई हरेक हप्ता ३० हजारको उपहार जित्ने मौका, पहिलो विजेता बनिन् श्रृजना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तेलको मूल्यमा भारी गिरावट

    एक्सपिडिसन क्षेत्रलाई स्पष्ट र कडा मापदण्ड आवश्यक, पर्वतारोहणमा…

    उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई…

    महिलामाथि हुने हिंसा रोक्न बलियो कानुनी सजाय आवश्यक…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    आर्थिक

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

    सुनचाँदीको मूल्य बढ्यो

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑