• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

      महिलामाथि हुने हिंसा रोक्न बलियो कानुनी सजाय आवश्यक : सांसद क्षेत्री

      सांसद गच्छदारको प्रश्न : ‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’

      संसदका गतिविधि हरेक नागरिकसम्म पु¥याउनुपर्छ : प्रवक्ता गिरी

      गरिमा चौधरी बलात्कार तथा हत्या प्रकरणमा थप एक जना पक्राउ

      पन्ध्रसय मिटरको दौडमा रोबोटले जित्यो स्वर्ण पदक 

      गरिमा हत्या प्रकरण : प्रहरी नियन्त्रणमा रहेका बालकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक

      रास्वपा सांसद पराजुलीको आग्रह: ग्यास आपूर्तिमा समस्या छैन, नआत्तिनु

      शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक छ : मन्त्री पोखरेल

      हत्या, हिंसा र बलात्कार बढ्नुमा कमजोर राज्य व्यवस्था जिम्मेवार : पोखरेल

      बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान

      टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६९ जनालाई कारबाही

      टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता

      चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा

    होमपेज /  समाचार

    संसदका गतिविधि हरेक नागरिकसम्म पु¥याउनुपर्छ : प्रवक्ता गिरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ८, सोमबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • संसदका गतिविधि हरेक नागरिकसम्म पु¥याउनुपर्छ : प्रवक्ता गिरी

    काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताएका छन्।

    सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा एशिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालालाई सम्बोधन गर्दै गिरीले समिति बैठक, समितिका क्रियाकलाप तथा संसदका अन्य गतिविधि नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताए।

    उनले भने,‘संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरुरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।’

    गिरीले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग व्यापक भए पनि संघीय संसद सचिवालय सामाजिक सञ्जालको प्रयोगमा केही कमजोर रहेको स्वीकार गरे।

    ‘हामीले गर्न नसकेको चाहिँ अहिले सोसल मिडियामा हामी गइरहेका छैनौँ। खासगरी पछिल्लो समयमा सोसल मिडियाको क्रेज अलि बढी छ, नेपालमा धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसल मिडियामा अलि कमजोर छौँ,’उनले भने

    उनले संसदको वेबसाइटमार्फत नियमित रूपमा सूचना प्रवाह भइरहेको र नागरिकले सूचनाको हक प्रयोग गरी माग गरेका सूचना समयमै उपलब्ध गराउँदै आएको बताए। गिरीले आगामी दिनमा सांसदहरूको हाजिरीलगायतका विवरण वेबसाइटमा लाइभ रूपमा अद्यावधिक गर्ने योजना रहेको जानकारी दिए।

    उनले संसद नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा सचिवालय सचेत रहेको बताए।

    उनले भने,‘हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। कुनै पनि नागरिकले आरटिआईको प्रयोग गरेर सूचना माग गर्नुभयो भने हामीले सूचनाहरू समयमै उपलब्ध गराएकै छौँ।जसरी सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ, त्यसै गरेर संसद चाहिँ नागरिकप्रति उत्तरदायी हुनुपर्छ भन्नेमा सचेत छौँ।’

    गिरीले संघीय संसदको खुलापन तीनवटा आधारभूत विषयमा केन्द्रित रहेको बताए।

    उनले नयाँ संसद भवनमा सरेपछि सञ्चारकर्मीका लागि संसदभित्रै सिट उपलब्ध गराउने योजना रहेको बताए। सदनको गतिविधि हेर्न चाहने नागरिक तथा विद्यार्थीका लागि पनि आवश्यक व्यवस्था गरिने उनको भनाइ छ।

    गिरीले संघीय संसद सचिवालयले विभिन्न दुर्गम जिल्लामा पुगेर विद्यार्थीलाई नमुना संसदका बारेमा जानकारी दिँदै आएको पनि बताए।

    उनका अनुसार नेपालको संसद विगतको तुलनामा क्रमशः थप खुला हुँदै आएको छ। संसदको खुलापन मापन गर्ने एसिया पार्लियामेन्ट्री ओपनेस इन्डेक्सका ३१ सूचकमध्ये नेपालले करिब २५ देखि २६ वटा सूचक पूरा गरिसकेको उनले बताए।

    ‘एसिया पार्लियामेन्ट्री ओपनेस इन्डेक्स छ। त्यसले ३१ वटा सूचकलाई मानेर पार्लियामेन्ट कसरी खुला हुन्छ भनेर भनेको छ। ती ३१ वटा सूचकरूप्रति हामी सचेत छौँ। हाम्रो पार्लियामेन्टले झन्डै २५–२६ वटा सूचक त पूरा नै गरिसकेको छ,’उनले भने ।

    गिरीले आगामी दिनमा सूचना प्रविधिको प्रयोगलाई अझ व्यापक बनाउँदै संसदका गतिविधि र सूचनामा आम नागरिकको पहुँच विस्तार गर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

    सांसद गच्छदारको प्रश्न : ‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’

    गरिमा चौधरी बलात्कार तथा हत्या प्रकरणमा थप एक जना पक्राउ

    शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक छ : मन्त्री पोखरेल

    हत्या, हिंसा र बलात्कार बढ्नुमा कमजोर राज्य व्यवस्था जिम्मेवार : पोखरेल

    बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई…

    महिलामाथि हुने हिंसा रोक्न बलियो कानुनी सजाय आवश्यक…

    सांसद गच्छदारको प्रश्न : ‘एउटा शालिक ठड्याएर तीन…

    संसदका गतिविधि हरेक नागरिकसम्म पु¥याउनुपर्छ : प्रवक्ता गिरी

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    आर्थिक

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

    सुनचाँदीको मूल्य बढ्यो

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑