सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उदयपुरको बेलका नगरपालिका–५ जहडास्थित मदन भण्डारी लोकमार्गमा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सोमबार बिहान सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको को. १ प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को. १ ख ३५१६ नम्बरको बस आपसमा ठोक्किएका थिए।
दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए। घाइतेमध्ये बेलका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र नामथर तथा ठेगाना नखुलेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
दुर्घटनामा अटो चालक बेलका–५ का करिब २८ वर्षीय इन्द्रबहादुर थापा मगर, सोही स्थानका करिब १८ वर्षीय रोशन मगर र विराटनगर–१२ का १९ वर्षीय अजित गुरुङ घाइते भएका छन्। इन्द्रबहादुर र रोशनको अवस्था गम्भीर तथा अजितको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको टोलीले बस र चालक ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा