सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर खाना पकाउने ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पराजुलीले देशभरका ग्यास उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध रहेको बताएका हुन्। उनका अनुसार अभाव हुने डरले उपभोक्ताले घरमा भएका सबै सिलिन्डर एकैपटक भर्न खोज्दा अनावश्यक भीड र लामो लाइन बढेको छ।
उनले धेरै सिलिन्डर भएका उपभोक्तालाई धैर्य गर्न आग्रह गर्दै एउटामात्र सिलिन्डर भएका तथा ग्यास सकिएर तत्काल समस्यामा परेका परिवारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
पराजुलीले सम्बन्धित डिपोमार्फत उपभोक्ताको आवश्यकताका आधारमा ग्यास सहज रूपमा वितरण गर्न सकिने बताएका छन्। केही दिनमै ग्यासको आपूर्ति नियमित अवस्थाभन्दा पनि सहज हुने उनको दाबी छ।
ग्यास वितरणमा उपभोक्ताको वास्तविक आवश्यकतालाई आधार बनाएर व्यवस्थापन गर्न सके अनावश्यक भीड र लामो लाइनसमेत घटाउन सकिने उनले बताएका छन्।
उनले भनेका छन्, ‘अभाव छैन, आत्तिनु पर्दैन। आवश्यकता भएकालाई पहिलो प्राथमिकता दिऔँ।’
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा