सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिमरा । गरिमा चौधरी हत्या प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका १६ वर्षीय बालकसँग चिकित्सकले परामर्श गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
शव भेटिएकै दिन पक्राउ परेका बालकको उक्त भिडियो आइतबार साँझदेखि सामाजिक सञ्जालमा देखिन थालेको हो। कलैया अस्पतालमा खिचिएको भनिएको भिडियो कसले सार्वजनिक गरेको हो भन्ने खुलेको छैन।
भिडियो कलैया अस्पतालस्थित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को रहेको बताइएको छ। लैङ्गिक हिंसासम्बन्धी घटनामा स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि पीडित तथा आरोपितलाई ओसीएमसीमा लैजाने गरिन्छ।
सार्वजनिक भिडियोमा बालकले चिकित्सकसँग घटनाबारे कुराकानी गरिरहेको देखिन्छ। भिडियोमा उनले गरिमाको बलात्कारपछि हत्या घटनामा आफू मात्र नभई प्रदीप खड्का नाम गरेका व्यक्ति पनि संलग्न रहेको दाबी गरेका छन्। यसअघि भने उनले घटना आफू एक्लैले गरेको बयान दिएको बताइएको थियो।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भिडियोको विषयमा अनुसन्धान भइरहेको बताएका छन्। भिडियो कलैया अस्पतालको जस्तो देखिए पनि कसले र कसरी सार्वजनिक गर्यो भन्नेबारे बुझ्ने काम भइरहेको उनले जानकारी दिए।
कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डलले पनि भिडियो सार्वजनिक भएको विषयमा छानबिन सुरु गरिएको बताएका छन्। घटनाबारे प्रहरीसँग समन्वय भइरहेको र अस्पतालको तर्फबाट कुनै कमजोरी भएको पाइए अनुसन्धानमा सहयोग गर्ने उनले बताए। भिडियोबारे छलफल गर्न अस्पतालमा आकस्मिक बैठकसमेत बोलाइएको छ।
भिडियोमा बालक, प्रहरी तथा अस्पतालका कर्मचारी देखिन्छन्। बालकलाई हतकडी लगाइएको अवस्थामा चिकित्सकसँग कुराकानी गरिरहेको देखिन्छ। ओसीएमसी कक्षमा प्रहरी र अस्पतालका कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेश अनुमति नहुने बताइएको छ।
घटनाको संवेदनशीलता र बालकको गोपनीयताको ख्याल नगरी भिडियो सार्वजनिक भएपछि यसको विषयमा प्रश्न उठेको छ। भिडियो सार्वजनिक हुँदा घटनाको अनुसन्धान र बालकको कानुनी अधिकारमा समेत असर पर्न सक्ने भन्दै सम्बन्धित निकायले गम्भीरतापूर्वक छानबिन गरिरहेका छन्।
जितपुरसिमरा–१ की तीन वर्षीया गरिमाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले शव भेटिएकै दिन जितपुरसिमरा–२ का १६ वर्षीय बालकलाई पक्राउ गरेको थियो। पक्राउपछि उनलाई सिमरास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछ गरी स्वास्थ्य परीक्षणका लागि कलैया लगिएको थियो।
घटनामा बालकसहित २४ वर्षीय प्रोग्रेस चौधरी र उनका परिवारका केही सदस्यसमेत प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा