सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको १ अर्ब ८८ करोड रुपैयाँको तुलनामा १२.२३ प्रतिशतले बढी हो।
बैंकको वितरणयोग्य मुनाफा पनि ४.८६ प्रतिशतले बढेर ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा ९३ करोड ६३ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। बैंकको कस्ट अफ फण्ड भने ४.२३ प्रतिशतबाट घटेर ३.२७ प्रतिशतमा झरेको छ।
बैंकको निक्षेप संकलन १ खर्ब ८४ अर्ब रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको सीडी रेसियो ७८.४५ प्रतिशत, बेस रेट ५.०४ प्रतिशत र रिटर्न अन इक्विटी १०.३६ प्रतिशत रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा १५.५९ रुपैयाँ रहेको ईपीएस बढेर १७.४९ रुपैयाँ पुगेको हो। बैंकको प्रतिसेयर नेटवर्थ १६९.९ रुपैयाँ, पीई रेसियो १४.१८ गुणा र तरलता अनुपात ३२.९३ प्रतिशत कायम रहेको छ।
यता बैंकको खराब कर्जा अनुपात भने सामान्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा ३.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा बढेर ३.९८ प्रतिशत पुगेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा