सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. शम्भु पोखरेलले देशको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि २०० मिलियन पाउण्ड (करिब ३९ अर्ब रुपैयाँ) बराबरको आफ्नो सेयर त्याग गरी सामाजिक अभियानमा समर्पित हुने घोषणा गरेका छन्।
Tesla समूह युरोपका प्रेसिडेन्ट नियुक्त भएका डा. पोखरेलले आफूले पाउने ३९ अर्ब बराबरका सेयर परित्याग गर्दै काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका हुन्।
अर्थशास्त्रमा पीएचडी गरेका डा. पोखरेलले नेपाललाई ट्रिलियन डलर अर्थतन्त्रतर्फ अघि बढाउने स्पष्ट योजना र दृष्टिकोण प्रस्तुत गर्दै जनादेश लिन चुनावी मैदानमा प्रवेश गरेको बताएका छन्। उनी विगत लामो समयदेखि मिडिया क्षेत्रमा सक्रिय रहँदै आफ्नै टेलिभिजन च्यानल सञ्चालन गर्दै आएका छन्। अब भने उनले प्रत्यक्ष राजनीतिक यात्रामार्फत सामाजिक परिवर्तनको अभियान सुरु गरेको दाबी गरेका छन्।
उनका मुख्य एजेन्डाहरू:
डा. पोखरेलले “व्यक्तिगत सम्पत्तिभन्दा ठूलो राष्ट्रको समृद्धि हो” भन्ने सन्देश दिँदै आफ्नो सेयरको लोभ नगरी राष्ट्र निर्माणमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले युवाशक्ति, व्यवसायी वर्ग तथा आम नागरिकलाई परिवर्तनको यात्रामा साथ दिन आह्वान गरेका छन्।
काठमाडौं क्षेत्र नं. १ मा यसपटकको निर्वाचन रोचक हुने संकेत देखिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा डा. पोखरेलको आर्थिक दृष्टिकोण, स्पष्ट योजना र सामाजिक प्रतिबद्धताले मतदातामा नयाँ आशा जगाएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
उनले भने, “नेपाललाई आत्मनिर्भर, समृद्ध र विश्व अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउन अब साहसी निर्णय र व्यवहारिक योजना आवश्यक छ।”
अब हेर्न बाँकी छ—काठमाडौं क्षेत्र नं. १ का मतदाताले यो नयाँ आर्थिक दृष्टिकोणलाई कत्तिको साथ दिन्छन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा