सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार डा. सम्बु पोखरेलले नेपाललाई ट्रिलियन डलर अर्थतन्त्रतर्फ अग्रसर गराउने स्पष्ट आर्थिक खाका सार्वजनिक गर्नुभएको छ। अर्थशास्त्रमा विद्यावारिधि (PhD) हासिल गर्नुभएका डा. पोखरेलले दीर्घकालीन आर्थिक रूपान्तरण आफ्नो चुनावी अभियानको मुख्य आधार रहेको बताउनुभयो।
उहाँका अनुसार वैदेशिक प्रत्यक्ष लगानी (FDI) भित्र्याउन अनुकूल वातावरण निर्माण, लगानीमैत्री नीति, औद्योगिक विस्तार, प्रविधि हस्तान्तरण तथा उत्पादनमुखी अर्थतन्त्रको विकासमार्फत देशलाई आर्थिक रूपमा सशक्त बनाउन सकिन्छ। आर्थिक पारदर्शिता, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो।
मिडिया क्षेत्रमार्फत आर्थिक बहस र नीतिगत विषयमा सक्रिय रहँदै आउनुभएका डा. पोखरेलले “बिजनेस टिभी” सञ्चालन गर्दै आर्थिक साक्षरता र उद्यमशीलता प्रवर्द्धनमा योगदान दिएको दाबी गर्नुभएको छ।
शिक्षा क्षेत्रमा सबैका लागि निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, आधारभूतदेखि उच्च शिक्षासम्म समान पहुँच विस्तार गर्ने, प्राविधिक तथा सीपमूलक शिक्षामा जोड दिने र अनुसन्धान तथा नवप्रवर्तनमा लगानी बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
स्वास्थ्य क्षेत्र सुधारका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा, प्रभावकारी स्वास्थ्य बीमा प्रणाली, सरकारी अस्पतालको पूर्वाधार सुदृढीकरण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ।
यसका साथै रोजगारी सिर्जना, युवालाई उद्यमशीलतामा प्रोत्साहन, महिला सशक्तीकरण, डिजिटल अर्थतन्त्र विकास र सामाजिक न्यायलाई समेत आफ्नो चुनावी प्राथमिकतामा राखिएको उहाँले स्पष्ट पार्नुभयो।
स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिनुभएका डा. सम्बु पोखरेलको चुनाव चिह्न ‘केबलकार’ रहेको छ। उहाँले काठमाडौं–१ का मतदातासमक्ष समृद्ध, शिक्षित र स्वस्थ नेपाल निर्माणका लागि समर्थनको अपिल गर्नुभएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा