सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि भ्रष्टाचारविरुद्ध कडा कदम चालिने बताएका छन् ।
बिहीबार सुर्खेतमा आयोजित बाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले रास्वपा सत्तामा आए बस्तीमा डोजर चल्ने भन्ने प्रचारबारे स्पष्ट पार्दै गरिब बस्ती नभई भ्रष्टाचारीको महलमा डोजर चल्ने चेतावनी दिए ।
“कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ । बस्तीमा डोजर चल्छ भनिएको छ । गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन, डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चलाउँछौँ । हामी गरिबको व्यवस्थापन गर्छौँ,” उनले भने ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले महानगरमा सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयलाई लिएर आलोचना भइरहेका बेला लामिछानेले पार्टीको नीति स्पष्ट पारेका हुन् ।
उनले पार्टीको नीति कमजोर वर्गको आवास हटाउने नभई भ्रष्टाचारबाट आर्जित अवैध सम्पत्तिमाथि कडाइ गर्ने रहेको बताए । राज्यको प्राथमिकता गरिब समुदायको व्यवस्थापन र संरक्षण हुने तथा कानुनविपरीत आर्जित सम्पत्तिमाथि मात्र कडा कदम चालिने उनले उल्लेख गरे ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा