सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको निवासमा पैसा जलेको भनिएको विषयमा आफूले निर्णय दिने स्थिति नरहेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पत्रकारले सोधेको प्रश्नमा थापाले प्रत्यक्ष धारणा दिन अस्वीकार गर्दै कानुनी प्रक्रियाको प्रतीक्षा गर्नुपर्ने बताए।
पत्रकारले “देउवा निवासमा जलेको भनिएको पैसाबारे आम नागरिकको रूपमा तपाईंको धारणा के हो?” भन्ने प्रश्न गरेपछि थापाले उक्त विषयको सत्यता अनुसन्धान र सम्बन्धित निकायले टुंग्याउनुपर्ने बताए। “कुनै पनि आरोप वा घटनाबारे निष्कर्ष निकाल्ने जिम्मेवारी अनुसन्धान निकाय र अदालतको हो। म व्यक्तिगत रूपमा त्यसमा फैसला गर्ने स्थितिमा छैन,” उनले भने।
थापाले यसअघि कांग्रेसलाई रूपान्तरण गर्दै ‘कांग्रेस २.०’ को अवधारणा अघि सारेका थिए। पारदर्शिता, जवाफदेहिता र नयाँ पुस्ताको नेतृत्वको पक्षमा आवाज उठाउँदै आएका थापाले पुरानो नेतृत्वसँग जोडिएको संवेदनशील विषयमा स्पष्ट अडान नलिएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।
केही प्रयोगकर्ताले ‘कांग्रेस २.० होइन, पुरानै कांग्रेस ०.२’ भन्दै व्यंग्य गरेका छन्। उनीहरूले रूपान्तरणको नारा मात्र नभई व्यवहारमा पनि देखिनुपर्ने तर्क गरेका छन्। सामाजिक सञ्जालमा थापाले नैतिक र राजनीतिक दृष्टिकोण स्पष्ट गर्नुपर्ने माग देखिएको छ।
यद्यपि कांग्रेसका केही नेताहरूले भने कानुनी प्रक्रियामा रहेको विषयमा सार्वजनिक टिप्पणी गर्न नमिल्ने तर्क गर्दै थापाको बचाउ गरेका छन्। उनीहरूका अनुसार कुनै पनि आरोपको सत्यता अदालत र अनुसन्धान निकायले नै टुंग्याउने भएकाले राजनीतिक टिप्पणी गर्नु उचित हुँदैन।
एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, “कानुनी प्रक्रियालाई सम्मान गर्नु नै जिम्मेवार नेतृत्वको काम हो। भावनात्मक प्रतिक्रिया दिनु भन्दा संस्थागत प्रक्रिया बलियो बनाउनु आवश्यक छ।”
आधिकारिक विवरण अझै सार्वजनिक छैन
देउवा निवासमा पैसा जलेको भनिएको घटनाबारे हालसम्म आधिकारिक निकायबाट विस्तृत विवरण सार्वजनिक भएको छैन। घटनाको प्रकृति, वास्तविकता र कानुनी पक्षबारे स्पष्ट जानकारी नआएकाले विभिन्न अड्कलबाजी र बहस जारी छ।
थापाको प्रतिक्रियाले भने पार्टीभित्र रूपान्तरण, नेतृत्व शैली र पारदर्शिताको बहसलाई पुनः सतहमा ल्याएको छ। कांग्रेसभित्र नयाँ र पुरानो पुस्ताबीचको धारणा, जिम्मेवारी र राजनीतिक संस्कारबारे छलफल अझ तीव्र हुने संकेत देखिएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा